back

पूर्व–पश्चिम भन्नु भन्दा पनि पहिले ‘हामी नेपाली’

वि.सं.२०७३ पुस १२ मंगलवार

282 

shares
NTC AD
Global IME AD

narendra-basnet

नयाँबर्षमा मेरो संयोजकत्वमा एन आर एन कान्साईको आयोजनामा सांस्कृति कार्यक्रम हुँदैछ । यस कार्यक्रमको मुल उद्धेश्य बागलुंगस्थित धौलागिरि अंचलकै एक मात्र अञ्चल अस्पतालको लागि छिटो छरितो र वैज्ञानिक प्रविधिबाट बिरामी जाँच गर्नको लागि पूर्णतया अटोमेटेड अनलाइजर मेसिन, स्वास्थ्य सामग्री र भुकम्प प्रभावित क्षेत्रको शैक्षिक पुर्वाधार निर्माणको सहयोगार्थ नयाँबर्ष सांगीतिक धमाकालाइ लिएर धेरैले अचम्म मान्दै सोध्नु भयो । तपाई पूर्बको मान्छे भएर पनि किन यसरी बागलुंगको लागि सहयोग जुटाउन मरिमेटेर लागि पर्नुभएको ? भन्दै जिज्ञासा राख्नु हुने धेरै साथीहरुलाई एक मुष्ठ जवाफ दिन चाहान्छु ।
मेरो बिचारमा बिदेशमा मेरो परिचय मात्र नेपाली हो । हुन त मेरो आफ्नो जिल्लामा पनि समस्याहरु नभएका हैनन् । अनगिन्ति छन । तर हाम्रो देश जताततै समस्या नै समस्याले ग्रस्त छ । यद्दपि समाज र राष्ट्रको लागि निस्वार्थ काम गर्ने चाहना भयो भने सबै ठाउमा क्रमसः काम गर्दै सहयोग गर्दै अगाडी बढ्न अबस्य सकिन्छ्र र बढ्नुपर्छ भन्ने शन्देस दिन पनि सकिन्छ ।
त्यसैले हामी नेपालीहरु आजको यो परिबर्तित युगमा आएर पनि यो ठाउँको, त्यों ठाउँको यो पार्टीको, त्यों पार्टीको, यो समाजको, त्यों समाजको भनेर बिभाजित हुनु पक्कै पनि राम्रो हैन जस्तो मलाई लाग्दछ । मेरो आफ्नो बिचारमा यसरी बर्गीकृत र बिभाजित नभैकन बिदेशमा हाम्रो एकमात्र परिचय भनेको नेपाली हो र हामीलाई यहाको समाजले पनि नेपाली भनेर नै चिन्छ । त्यसैले सम्पूर्ण नेपालीहरुलाई समेट्न सक्ने संस्था गैरआवासीय नेपाली संघ हो भन्ने मान्यता राखेर यसको छातामुनि बसेर मैले आफ्नो तर्फबाट देश र समाजको लागि गर्न खोजेको सानो प्रयासको एक रूप मात्रै हो यो ।
संसारको ७२ भन्दा बढी देशहरुमा आफ्नो संजाल भएको गैरआवासीय नेपाली संघ, जसले कुनै निश्चित जात जाती भाषा, भाषी गाँउ, जिल्ला क्षेत्र ब्यक्ति पार्टीको कुरा नगरी बिबिध संस्कृति र भाषाको धनि हाम्रो देशका सम्पूर्ण संस्कृतिको सम्मान गर्दै संपूर्ण नेपालीहरुको बारेमा बोल्छ । सोच्छ । अनी गर्छ । गरिरहेको पनि छ । स्वभाविक रुपमा सबै नेपालीहरुको समान हक र अधिकार सुरक्षित गरेको संस्था भएकोले हरेक किसिमका मानिसहरूको संलग्नता यसमा जसरी स्वभाविक छ त्यसैगरी बिभिन्न बर्ग र सोच अनी मानसिकता भएका मानिसहरूको संलग्नता पनि छ । त्यसैले यसलाई बदनामी र यसको नामको दुरुपयोग गर्न खोज्ने पात्र र प्रबृतिहरु बेला–बेलामा देखा नपरेका हैनन् ।
बिदेशको आफ्नो ब्यस्त जिंदगीको साथमा आफ्नो समय आफ्नो पैसा खर्च गरेर हिड्ने र गर्ने यो भोलंटियर अभियान बाहिरबाट हेर्दा जति आकर्षक छ त्यतिनै खर्चिलो र चुनौती पूर्ण पनि छ्र ।

पुख्र्यौली घर सोलुखुम्बु भएको म । उदयपुरको सुन्दर नगरी बेल्टारमा जन्मे हुर्किए । एसएलसीसम्मको अध्ययन पछिको उच्चशिक्षा लगायत जीबनको अधिकांस समय काठमाण्डूको घट्टेकुलो,मैतीदेवीमाँ ब्यतीत भयो । नेपालमा उच्च अध्ययनको औपचारिक बिट मार्दै अध्धयनको सिलसिलामा २००५ मा जापान आएको हुँ । पारिवारिक रुपमा मेरो बसाई बिराटनगरमा छ । मैले यी सबै नालीबेली प्रस्तुत गर्दै गर्दा मेरो पुर्खाको थलो सोलुखुम्बु । जन्मे हुर्केको र जीबनका पाइलाहरु चालेको उदयपुर । उच्चसशिक्षा अध्ययन गरेको काठमाण्डू तथा बिराटनगर सबै ठाउहरुप्रति मेरो जिम्मेवारी समान हुनुपर्छ भन्ने मैले महसूस गरेको छु । मेरो हालको कर्म थलो जहा, जीबनको ११ औ बर्ष ब्यतीत गर्दैछु । जून संसारको बिकसित मध्येको एक देश जापानको दोश्रो ठुलो सहर ओसाका हो । संसारको गरिव देशहरु मध्येको लिस्टमा झन–झन अब्बल बन्दै गरेको, अझ भनौ दुर्गातिमा होमीदै गरेको मेरो मातृभूमि । यति ठुलो अन्तरको बीचमा मेरो मातृभूमि र समाजलाई मैले यहाँबाट आफुले के–के दिने अर्थात के सिकाउने भन्ने पक्कै ममा चेत र भाव हुन जरुरी छ ।

त्यसैले पनि मलाई बिदेशमा आफ्नो परिचय नितान्ंत नेपाली भएर रहनु मैं गर्ब लाग्छ । मेरो यिनै सोचहरूको कारण सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघमा आबद्ध भएर आफूले जानेको बुझेको सकेको यहाँको नेपाली समाज र आफ्नो मातृभूमिका लागि भेदभाबरहित सोचका साथ आफ्नो बलबुताले भ्याएसम्म सेवा गर्दै आएको छु । गर्दै जानेछु ।

यसै सिलसिलाको एउटा अर्को रूप हो, एन आर एन कान्साईले सामाजिक उद्देश्यको साथ गर्दै गरेको नया बर्ष सांगीतिक साँझ । जनवरी १, २०१७ जसलाई जापानबासी अझ भनौ कान्साईबासी नेपालीले आफ्नो कार्यक्रम सम्झिएर उपस्थिति दर्साउनु हुन्छ । अझ जापानमा बाक्लो उपस्थिति भएको भनिएको बागलुंगबासीहरुको लागि त आफ्नै जिल्लाको स्वास्थ्य प्रबर्धन र सुधारका प्रमुख उद्धेस्य बोकेको कार्यक्रम हो यो । बाग्लुंगेका लागि आफ्नो जन्मथलोको गुन तिर्ने ठुलो अबसर पनि हो भन्दा फरक नपर्ला । त्यसैले म सबैलाई बिभाजित मनस्थिति नराखी नेपाली मनले एकत्रित भएर लाग्न अनुरोध गर्दछु । अनि प्रवासमा रहेका हामी नेपालीहरु बीचको भाईचारा सदैब सुमधुर र प्रगाढ बन्दै जावोस भन्ने कामना समेत गर्दछु ।

यसो भन्दै गर्दा स्वाभाविक रुपमा कुनै पानी संघ संस्था प्रति पूर्वाग्रहित भएको र हुने मेरो सोच भने हैन । फेरि यो कदम मेरो एक्लो प्रयासले भन्दा पनि सम्पूर्ण कार्यसमिति र देश समाजप्रति सकारात्मक सोच राख्नुहुने सहयोगी दाताहरु र सहयोगी मनहरुको मिलनबाट नै सम्भब हुने हो र हुनेछ भन्ने मेरो बिस्वाश छ ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०७:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD