१८ असार, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार ६.२ प्रतिशतले घटेपछि बजारबन्द भएको छ । बजार खुलेको १ घण्टा ४० मिनेटमा दोस्रो पटक बजार ६ प्रतिशतभन्दा बढीले घटेपछि शुक्रबारको लागि बजार बन्द भएको हो ।
पहिलो पटक ४७ मिनेटमा परिसूचक ५ प्रतिशतले घटेपछि ४० मिनेट बजार बन्द भएको थियो ।
आजको कारोबारमा सामूहिक लगानीकोष बाहेक सबै ११ समूहको परिसूचक ओरालो लागेको छ । बजार परिसूचक ८०.४१ अंकले ओरालो लागेर १२५६.११ बिन्दुमा कायम भएको छ ।
स्वभिमान लघु बित्त, सपोर्ट माईक्रो फाईनान्स, स्प्रास लघु बित्तलगायतका लगानी कर्ताले आज सबैभन्दा धेरै कामएका छन । उनीहरुले क्रमशः ७०, १६ र १५ अंकले कमाई गरेका हुन ।
सूचिकृत मध्ये १४२ कम्पनीका कूल ४७ करोड ६६ लाख ५४ हजार ९७१ बराबरको १० लाख ६१ हजम ८९० कित्ता सेयर किनबेच भएको छ । आज बजारमा नगेटिभ सर्किट लाग्ने समुहमा होटल, जीवन बीमा र बैंकिङ क्षेत्र रहेका छन । नेप्सेमा उनीहरुको क्रमश ८.६९, ७.६७, र ७.४३ ले ह्रास आएर नकारात्मक सर्किट लागेको थियो ।
ठूला लगानीकर्ताहरुको मापक सेन्सेटिभ पनि ६.२७ प्रतिशतले ओरालो लागेको छ । स्वभिमान लघु बित्त, सपोर्ट माईक्रो फाईनान्स, स्प्रास लघु बित्तलगायतका लगानी कर्ताले आज सबैभन्दा धेरै कामएका छन । उनीहरुले क्रमशः ७०, १६ र १५ अंकले कमाई गरेका हुन ।
त्यस्तै गुमाउनेमा लाईफ इन्स्योरन्स नेपाल कम्पनी, सोल्टि होटल समूह, हिमालयन डिस्टिलरि लगायतका लगानीकर्ता रहेका छन । उनीहरुले क्रमशः ११९, १६, र ४६ अंकले गुमाएका छन ।
वि.सं.२०७७ असार १८ बिहीवार १३:४८ मा प्रकाशित





























