back
CTIZAN AD

निर्दोष व्यक्तिलाई ७ वर्ष जेलमा राखेर अपमानित रुपमा नेपाल फर्काइयो

वि.सं.२०७३ पुस १३ बुधवार

1K 

shares

hum sunari

नेपालबाट नवलपरासीको सुरक्षित आप्रवासन परियोजना अन्तर्गत स्थापित “इन्द्रेणी सामाजिक विकास मञ्च” कि संयोजक उमा पौडेलले २४ डिसेम्बरका दिन एउटा खुशिको खबर मेरो फेसबुक इन्बक्समा पठाउनु भएको थियो । नवलपरासीका कृष्ण दमाइ दुइदिन अगाडि सकुसल नेपाल पुगेको खबर थियो त्यो ।

कृष्ण दमाई सकुसल नेपाल पुगेको खबरले म पनि निकै खुसी भएँ । तर, नेपाली राष्ट्रियता, नेपाल र नेपालीको स्वाभिमानप्रति गम्भीर प्रश्न उठेको छ, मेरो मनमा । कृष्ण लगायत निर्दोष ११ जना नेपालीहरूलाई ज्यान मारेको अभियोगमा पक्राउ गर्छ । सात–सात बर्षसम्म जेलमा कोचिन्छ । मुद्दा त्यहाँको माथिल्लो अदालतसम्म पुग्छ र त्यहाँको माथिल्लो अदालतले पनि निर्दोष साबित गर्छ । तर, तिनीहरूलाई बिना कारण सात सात बर्षसम्म जेल राखिएकोमा क्षतिपूर्ति दिलाएर सम्मानपूर्वक आफ्नो देश फिर्ता गर्नु पर्नेमा उल्टै तिनीहरूलाई अपमानित रूपमा डिपोर्ट (देश निकाला) गरेर खाली खुट्टा नेपाल पठाइन्छ ।

कहाँ र कुन अबस्थामा थिए त कृष्ण दमाई ? कृष्णको जीवनमा घटेको घटना बारे बुझ्नै पर्ने यो तलको लेख पढौ । कृष्ण दमाई बागलुंगका हाल नवलपरासी निवासी हुन । उनि बिगत झन्डै १० बर्षदेखि साउदी अरबियामा थिए । उनि लगायत अन्य ११ जना नेपालीहरू बिगत ७ बर्षदेखि साउदीको जेलमा ज्यान मारेको अभियोगमा जेल जीवन बिताईरहेका थिए ।

महिनामा कम्तिमा दुईचोटी जेलबाट फोन गर्नुहुन्थ्यो सुरक्षाकर्मीलाई छलेर, कृष्णले । सर मेरो के हुन्छ होला ? जिउँदै नेपाल फर्किन पाईएला कि नपाईएला ? मेरो परिवार भेट्न पाउँछु होला कि पाँउदिन होला ? आदि प्रश्नहरू गरेर सोधि रहन्थे कृष्णले ।

तपाईहरूलाई माथिल्लो अदालतले पनि निर्दोष साबित गरिसके पछि अब छिट्टै नेपाल पठाउँछ भनेर उनको आत्मबल बढाई दिन्थें। फेरि एकपटक नेपाली महाबाणिज्यदूताबास, जेद्दामा भनि दिनुस् न है सर भनेर अनुरोध गरिरहन्थे कृष्णले । हुन्छ, म अबश्य भनि दिन्छु ( चिन्ता नगरी बस्नुस् है कृष्ण जी भनेर सम्झाइरहन्थेँ ।

नेपाली महाबाणिज्य दूताबासका कर्मचारीहरूसँग भन्दा म सँग नै कुरा गर्न र आफ्ना पीडा सुनाउन उनलाई सहज लागेर होला प्रायः मलाई नै सम्पर्क गरिरहन्थे । त्यसपछि म नेपाली महाबाणिज्य दूताबासका कर्मचारीहरूसँग ईमेल फोनमार्फत उनिहरूको बारेमा बुझिदिने र बिशेष प्राथमिकता दिन अनुरोध गर्थेँ ।

एक पटक उनको श्रीमतीले नेपालबाट मलाई फोन गरेर सहयोग गरि दिनुस है सर भनेर अनुरोध गर्दै रोएकी थिइन् । उनको रुवाईमा दश बर्षदेखि आफ्नो श्रीमानसँग बिछोडको पीडा र उनको जीवनमा श्रीमानसँग सकुसल पुनः भेट हुन्छ हुँदैन, त्यसको कुनै निश्चित नभएको जस्ता पीडा ब्यक्त भएको बुझिन्थ्यो । र, म अत्यन्तै भावुक भएको थिएँ ।

धेरैपटक नेपाली महाबाणिज्य दूताबास जेद्दाका कार्यबाहक महाबाणिज्यदूत रेवतीरमण पौडेललाई “कृष्णको मुद्दालाई प्रमुख प्राथमिकतामा राखिदिनुस है” भनेर फोन र ईमेल मार्फत अनुरोध गरिरहन्थेँ ।

पछिल्लो पटक झन्डै १० दिन अगाडि मलाई जेलबाट फोन गरेका थिए कृष्णले । “खोई सर, अझैसम्म भएन हाम्रो काम” भन्दै थिए । नआत्तिनुस्,, हुन्छ अवश्य । तपाईहरू निर्दोष साबित भईसकेपछि अब डराउनु पर्दैन भनेर सम्झाएंको पनि थिएँ ।

खुशिको कुरा कृष्ण दमाई सकुसल नेपाल फर्कन सफल त भयो । तर, उनि निर्दोष साबित भएर पनि उनलाई ७ बर्षसम्म जेलमा राखेर अपमानित रूपमा खाली खुट्टा नेपाल पठाउँदा हामी नेपालीहरूले यसलाई कसरी बुझ्ने ?

परिकल्पना गरौँ त, उनको ठाउँमा कुनै सम्पन्न मुलुकका नागरिक अमेरिकन अथवा कुनै यूरोपियन भएको भए ज्यान मारेको अभियोग लागेको मानिसलाई यहाँको अदालतले निर्दोष साबित गरेको अवस्थामा बिना क्षतिपूर्ति त्यसरी खाली खुट्टा पठाउन सक्थ्यो, यहाँको सरकारले ? के त्यों निर्दोष ब्यक्तिको देशको सरकारले स्वीकार गथ्र्यो होला ?

खोई हामी नेपाल र नेपालीहरूको स्वाभिमान ? निर्दोष कृष्ण दमाईलाई क्षतिपूर्ति दिलाएर सम्मानपूर्बक स्वदेश पठाउनु पर्नेमा उनलाई अपमान गरेर डिपोर्ट गरिएको छ । उनलाई क्षतिपूर्ति दिलाएर सम्मानपूर्बक स्वदेश पठाउन कसले भूमिका खेलि दिनुपर्ने थियो होला ?

यस बिषयमा बिस्तृत बुझ्न भनेर नेपाली दूताबास साउदी अरबियाका लागि कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलीफोन सम्पर्क गरेको थिएँ । साउदीको पश्चिम क्षेत्र हेर्ने नेपाली महाबाणिज्य दूताबास जेद्दाको भएकोले वहाँलाई यस बारे जानकारी नभएको बताउनु भयो । नेपाली महाबाणिज्य दूताबास जेद्दाका कार्यबाहक महाबाणिज्यदूत रेवतीरमण पौडेललाई दुई पटक वहाँको मोबाईल ०५९४९८९५८७ मा सम्पर्क गरें । तर, फोन उठेन । त्यहाँको श्रम सहचारी ०५०४५०९१८१ मा पनि कोसिस गरें। त्यों पनि उठेन । सायद आज साउदीमा बिदाको दिन परेर पनि होला फोन सम्पर्क हुन सकेन ।

कृष्णसँग टेलीफोनमा कुराकानी भएको आधारमा तलको रिपोर्टिंग तैयार पारेर गत १७ अगस्तमा मेरो फेसबुक वालमा यस्तो सम्प्रेषण गरेको थिएँ ।

नौ बर्ष अगाडी कृष्ण सहित अन्य ११ जना नेपाली यूवाहरू काठमाडौँको मिडिलइस्ट मेनपावरबाट रियाद शहरको अल (यामामाह कम्पनीमा आएका रहेछन् । सो कम्पनीमा दुई
बर्ष जति काम गरेर अलि बढी कमाउन सकिने लोभमा अवैध बन्न पुगेछन् उनीहरू । सोहि सिलसिलामा उनीहरू जेद्दा पुगेर अवैध रूपमा काम गर्दै आइरहेका रहेछन ।

अवैध रूपमा काम गरि बस्ने मानिसहरू धेरै जनाको सख्ंयामा ठूलो कोठामा सामूहिक रूपमा बस्ने गर्दा रहेछन । नेपाली ११ जना यूवाहरू र केहि भारतीयहरू गरि १६ जना मिलेर एउटा ठूलो कोठामा बसेका रहेछन । तिनीहरू मध्ये एक जनाको अचानक मृत्यू
भएछ । मृत्यू हुनेमा भारतीय नागरिक रहेछन् । ति भारतीय नागरिकको मृत्यू पश्चात सबै १५ जनालाई साउदी प्रहरीले पक्राउ गर्यो
उनीहरूलाई ति भारतीय नागरिकको हत्याराको अभियोग लाग्यो । केहि बर्ष अगाडी नै उनीहरूको मुद्धा टुङ्गिसकेको कृष्ण बहादुर दमाईले बताए । साउदी अदालतमा ति भारतीय नागरिकलाई १५ जनाले मारेको हो भन्ने कुनै प्रमाण पेश हुन सकेन र उनीहरूले नै हत्या गरि मारेको हो भन्ने अदालतले प्रमाणित गर्न सकेन ।

एक बर्ष अगाडी ११ जना नेपालीहरू मध्ये उमेश श्रेष्ठ (मोरंग) जेलमै बिरामी परे । उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । दुर्भाग्य, उपचारको क्रममा उमेश श्रेष्ठको मृत्यू भईसकेको कृष्ण बताएका थिए । उनको मृत शरीर नेपाल पठाईयो या साउदी कै मरुभूमिका गाडियो या साउदीको अस्पतालमा वेवारिसे अवस्थामा छ, केहि जानकारी छैन ।

अवैध रूपमा काम गरि बसेका विदेशी नागरिकको मृत्यू भएको अवस्थामा त्यस्तो व्यक्तिको शव आफ्नो मूलुक पठाउन धेरै गा¥हो हुन्छ । त्यसैले, त्यस्तो व्यक्तिको मृत शरीरलाई बेवारिसे घोषित गरेर मरुभूमिमा गाडिन्छ, भन्ने सुनिन्छ ।

यसै बिषयमा थप बुझ्न महाबाणिज्यदूताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदूत रेवतीरमण पौडेललाई सम्पर्क पनि गरिएको थियो । जेलमा परेका दशैँ जना नेपालीहरू र मृत्यू भएको भनिएका उमेश श्रेष्ठको बारेमा पनि वहाँसँग बुझियो ।

१० जना नेपालीहरू छिट्टै जेलमुक्त हुन सक्ने जानकारी प्राप्त भयो । स्थानीय अदालतले अभियुक्त सबैलाई निर्दोष साबित गरिसकेको र त्यसलाई उपल्लो अदालतले पनि सदर गरिसकेकोले बिगत झन्डै सात बर्षदेखि साउदी जेलमा बसेका ति दशैँ जना नेपालीहरूलाई जेलमुक्त गर्ने कुरा कार्यवाहक महाबाणिज्यदूत रेवतीरमण पौडेलबाट जानकारी भएको थियो ।

तथापी, ति सबै नेपालीहरू अवैध रूपमा काम गरिबसेको र क्षमादान दिईएको (एम्नेस्टी) अवसरमा पनि स्वदेश फर्किने अथवा वैध नबनेकाले अदालतले उनीहरूलाई प्रकृति अनुसार जेल सजाय हुने साउदीको स्थानीय अदालतले तोकेको छ । आशा गरौँ निकट भबिष्य मै ति दशैँ जना नेपालीहरू जेलमुक्त भएर स्वदेश फर्किनेछन ।

बिडम्बना, जेलमा बिरामी परेर अस्पतालमा उपचारको क्रममा मृत्यू भएका उमेश श्रेष्ठको बारेमा महाबाणिज्यदूताबास जेद्दालाई कुनै जानकारी नभएको कुरा कार्यवाहक महाबाणिज्यदूत पौडेलबाट जानकारी भयो । यस बारे गहिरो तरिकाले बुझ्ने बताएका थिए ।

बिगत झन्डै सात बर्षदेखि साउदी जेलमा परेका नेपालीहरू यस प्रकार रहेका छन्। कृष्ण बहादुर दमाई बाग्लुंग, भीम बहादुरमोरंग, भक्तबहादुर दर्जी रुपन्देही, श्रीकुमार राई भोजपुर, रामबहादुर तामांग नुवाकोट, चक्र गुरुङ सुनसरी, केशव नेपाली, दिपेन्द्र शर्मा झापा, बीरबहादुर बुढाथोकी ओखलढुंगा, केशव बहादुर तनहुँ र मृत्यू भइसकेका उमेश श्रेष्ठ मोरङ रहेका थिए ।

वि.सं.२०७३ पुस १३ बुधवार ०९:११ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...