back
CTIZAN AD

गल्कोट समाज क्षेत्रीय समिति कान्तोको अधिवेशन गर्ने निर्णय

वि.सं.२०७७ साउन १० शनिवार

648 

shares

१० साउन, बागलुङ । गल्कोट समाज क्षेत्रीय कार्यसमिति टोकियोको २०२० जुलाई २१ मा सम्पन्न बैठकले टोकियोको ईताबासीमा क्षेत्रीय समिति कान्तोको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

कान्तोका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षतामा सम्पन्न बैठकमा गल्कोट समाज जापानका संरक्षक एवं अन्तर्राष्ट्रीय गल्कोट समाजका संयोजक बेलुकाजी थापा, गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्री र केन्द्रीय सदस्य किसान बस्नेत समेतको उपस्थिति रहेको थियो ।

सचिव दुर्गा बहादुर खत्रीको संचालनमा सम्पन्न बैठकमा सम्पुर्ण कार्यसमिति सदस्यहरुले २ बर्षको कार्यकालमा भएका कार्यको समीक्षा र भावी दिनहरुमा समाजलाई दिन सक्ने योगदानका बिषयमा आ–आफ्ना धारणा ब्यक्त गरेका थिए । बैठकले “गल्कोट समाज कल्याणकारी अक्षयकोष टोकियो २०२०” को अक्षयकोष निर्देशिका जारी गरेको छ ।

कार्यसमितिको निर्णयबाट हाललाई अक्षयकोषमा ११ लाख रहने गरी कोष संचालन निर्देशिका जारी गरेको छ। हरेक पटक गल्कोट समाज क्षेत्रीय कार्यसमिति पुनर्गठन भए संगै अक्षयकोष संचालक समिती पनि गठन हुने गरी निर्देशिका जारी गरिएको हो ।

संस्थाका कोषाध्यक्ष राजु बस्नेतले कार्यसमितिको यस कार्यकालको आयब्यय प्रस्तुत गरेका थिए भने सचिव दुर्गा बहादुर खत्रीले प्रगति बिबरण प्रस्तुत गरी सर्वसहमति बाट पारित भएको थियो । बिभिन्न सामाजिक गतिबिधीमा सक्रिय भूमिका निर्वाह गर्ने बर्तमान कार्यसमितिका सदस्य दिनेश थापा, हिमाल कडेल र कृष्ण शर्मालाई क्षेत्रीय कार्यसमितिले “सक्रिय सदस्य सम्मान” प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

केन्द्रीय कार्यसमितिको निर्देशन अनुरूप आगामी ११ तारिक दिउसो १ बजेदेखी ईकेबुकुरो स्थित तोसिमा कुमिन सेन्टरको सातौं तल्लाको सभाहल ७०२/७०३ मा गर्ने तय भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि संस्थाका संरक्षक नरबहादुर थापाको संयोजकत्वमा संस्थाका सल्लाहकार रामकृष्ण बम मल्म र बाबुराम सापकोटा दुई सदस्य रहने गरि निर्वाचन समिती चयन गरिएको छ।

वि.सं.२०७७ साउन १० शनिवार १७:३२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...