back
CTIZAN AD

कविताः दाउरा

वि.सं.२०७७ साउन ३१ शनिवार

921 

shares

म दाउरा
इज्जत ढाक्ने तिम्रो आँगनको बार बनूँ
तिम्रा बूढा बा-आमाको टेक्ने लौरो बनूँ
धुरीखाँबो बनूँ र थामूँ कुल !
खरिपाटी बनूँ
जहाँ तिमी लेख्नू जीवनका सुमधुर गीतहरू
आँखीझ्याल बनूँ
जहाँ तिमी आड लिनू र हेर्नू दुनियाँ !

म दाउरा
फ्रेम बनूँ
र, सजाउँदै तिमीलाई आफूभित्र
तिम्रै मझेरीमा अपलोड गरूँ
जहाँ प्रेमका वर्षातहरूले लभ रियाक्ट गर्न सकून् !
एक बलवान् थाँक्रो बनूँ
जहाँ तिमी झाँगिनू
फलाउनू कुनै हाँगामा अहिलेसम्म फल्न नसकेको फल !

म दाउरा
झुक्किएर पनि बनाउन नखोज्नू बिँड
जहाँ मैले नाङ्गो तरबार नाच्नुपरोस्
र, तास्नुपरोस् तिम्रै सभ्यता
बनाउन नखोज्नू दराज
जहाँ लुकाउनुपरोस् रहरहरू
र, ढुसी लाग्नुपरोस्
नघँचेट्नू आगामा
बनाउन नखोज्नू समिधा
जुन दिन लम्बाइ मेटिँदै खरानी हुनेछु
धमिलिनेछ तिम्रै आकाश
बरु बनाउनू मलाई बेलना
जसले बेलेपछि आफैंलाई
मगमगाउन सकूँ मानव-सभ्यता !

वि.सं.२०७७ साउन ३१ शनिवार १०:४२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...