
गाउँको माया आँशुले धुँदै, चुकेर परदेश लागें ;
आफन्त सारा बाआमासँग, झुकेर परदेश लागें ।
ऋणको भारी बिसाउन भनि काटेको समुन्द्र ;
आयको श्रोत आम्दानी सारा, सुकेर परदेश लागें ।
बाल र बच्चा आफन्तलाई गएको छोडेर ;
घरको पिडा छोराको हात, फुकेर परदेश लागें ।
जीवन खुशी बनाउन भनि सपना देखेको ;
साहुको ब्याज आमाको घाउ,दुःखेर परदेश लागें ।
भावना स्वच्छ मनका ज्ञानी बुझेनन् कसैले ;
नबुझ्ने मर्म समाजका खिच्चा, भुकेर परदेश लागें ।
चाडको बेला लागेको भिषा नजाँदा नहुने;
दुःखेको मन बिक्षिप्त बनाइ,लुकेर परदेश लागें ।
वि.सं.२०७७ भदौ ६ शनिवार ०८:४८ मा प्रकाशित






























