back
CTIZAN AD

कानून नै फेरेर भएपनि कुलमानलाई ल्याउन माग, भने–उज्यालो देश बनाउन कुलमान चाहिन्छ

वि.सं.२०७७ भदौ ९ मंगलवार

1.2K 

shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा सामाजिक सञ्जालमा अभियान नै चल्न थालेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले घिसिङलाई पुनः कार्यकारी प्रमुखमै ल्याउनुपर्ने भन्दै अभियान चलाउन थालेका हुन् ।

सामाजिक सञ्जालमार्फत चर्चित कलाकारदेखि राजनीतिककर्मीले कुलमानको पक्षमा आफ्नो धारणा राखेका छन् । लोडसेडिङ्ग मुक्त गराएका कुलमानलाई पुनः विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउनुपर्ने उनीहरुको माग छ । कुलमानको पक्ष सबैभन्दा बढि कलाकारहरुले अभियान चलाईरहेका छन् ।

‘बहुमत जनता’ कुलमानलाई दोहोर्याउनु पर्छ भन्दैछन् भने ‘बहुमतको सरकार’लाई यसो गर्न कुन मतले छेक्छ !? ‘ओके छ त’ भनेर …

Posted by Manoj Gajurel on Tuesday, August 25, 2020

चर्चित कलाकार मनोज गजुरेलले बहुमतको सरकारलाई कुन चिजले रोक्छ भन्दै कुलमानलाई पुनः सदर गराउन आग्रह गरेका छन् । ‘‘बहुमत जनता’ कुलमानलाई दोहोर्याउनु पर्छ भन्दैछन् भने ‘बहुमतको सरकार’लाई यसो गर्न कुन मतले छेक्छ ? ‘ओके छ त’ भनेर समयको माग र जनताको चाहानाको कदर गरे भैगो, श्री कुलमानलाई नै सदर गरे भैगो’ उनले भनेका छन् ।

यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ |
ऊज्यालो ल्याउनेलाई सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।

Posted by Hari Bansha Acharya on Monday, August 24, 2020

गजुरेलले जस्तै गायक शिव परियारले पनि कुलमानलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्याउन माग गरेका छन् । देशलाई सधैंभरि उज्यालो चाहिएको छ भन्दै उनले भनेका छन्, ‘म ब्यक्तिगत रुपमा कुलमान घिसिङ्ग ज्यु फेरि पुनस् एक पटक बिधुत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसंग एउटा नेपालि नागरिकको हैसियतमा जोड्दार माग गर्दछु !अहिले देशलाई,अहिले मात्र हैन सधैंभरि देशलाई उज्यालो चाहिएको छ ! अब नेपाल सरकारको निर्णय कुरेको छु हेरौं ! आशा छ उज्यालो प्रेमि हामि जस्ता तमाम नेपालि जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ !’

थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमन घिसिङ फेरि चाहिन्छ ।

Posted by Karishma Manandhar on Monday, August 24, 2020

गायक परियारजस्तै कलाकारहरु हरिवंश आचार्य, करिष्मा मानन्धर, अभय सुब्बालगायतले पनि कुलमानको पक्षमा अभियान चलाएका छन् । लेखक बुद्धिसागरले पनि ‘चाहिने कुलमान नै हो’ भन्दै कुलमानलाई पुनः ल्याउन माग राखेका छन् । कालाकारिता क्षेत्रका सेलब्रटीसँगै राजनीतिक क्षेत्रका नेतृत्वकर्ता पनि कुलमानको पक्षमा देखिएका छन् ।

सत्तारुढ नेकपाका युवा नेता विष्णु रिजालले पनि घाटाको प्राधिकरणलाई नाफामा लैजानु चानुचुने होइन भन्दै कुलमानको प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘आफूले पाएको जिम्मेवारी पूरा गर्दा पनि मानिसहरुले माया गर्दछन् भन्ने उदाहरण कुलमान घिसिङ हुन् । उत्पात्तै गरे जस्तो लाग्दैन– विजुली भारतबाट ल्याइएको छ । तर, देशभित्र जे जति व्यवस्थापन गरेका छन्, उदाहरणीय छ । घाटाको ब्यापार गरिरहेको विद्युत् प्राधिकरणलाई नाफामा लैजानु चानचुने होइन।’

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको यहि भदौ २९ देखि कार्यकाल सकिँदैछ । दैनिक १८ घण्टासम्म हुने लोडेसडिङलाई कुलमान घिसिङले अन्त्य गरेका थिए ।

लोडसेडिङ अन्त्य गरेर सबैको मन जितेका कुलमानप्रति आम जनताको सहानुभूति छ । कार्यकाल सकिए पनि फेरि पनि उनैलाई नेतृत्वमा ल्याउनुपर्ने धेरैको धारणा छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १६:१७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...