back
CTIZAN AD

बक्सिङ प्रशिक्षक र निर्णायक गरी ५२ जनाको कोरोना बिमा

वि.सं.२०७७ भदौ १८ बिहीवार

696 

shares

१८ भदौ, काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बिमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बिमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बिमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

बिमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको बिमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बिन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको बिमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन् ।

बिमा गरिएका प्रशिक्षकहरुमा दीपक महर्जन, ओमकुमार मास्के, डम्बरदत्त भट्ट, हरिशबहादुर चन्द, किशोर खत्री, उमेश लामा, किशोर लिम्बू, विद्याप्रसाद मर्सानी, दीपक राई, गोपाल श्रेष्ठ, प्रचण्ड शर्मा, लालबहादुर पौडेल, रेमशदास श्रेष्ठ, निमा तामाङ, राज श्रेष्ठ, अतुल घानी, अनुपकुमार लामा, विष्णुबहादुर सिंह, टंकबहादुर बुढा मगर, हरिचन्द्र खड्का, साजन लघु, डम्बरबहादुर लिम्बू, निशा लोहला, कृष्णुन्दर प्रजापति, सुमन शर्मा बन्जारा, तेजबहादुर थापा मगर, किरण थापा, विनोद शेरचन, दिलिपसिंह ठकुरी, राजु थापा, सागरशमशेर थापा र मानबहादुर गुरुङ रहेका छन् ।

निर्णायकहरुमा रामचन्द्र थापा मगर, सन्तोष कार्की, सचिन राउत, तारेराम श्रेष्ठ, रेमश श्रेष्ठ, राजुकुमार महर्जन, धनकुमार मैनाली, अनुराधा लामा, प्रमिला राई, इन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र महर्जन, अनिलप्रसाद दाहाल, सुनिता महर्जन, शेरबहादुर साहु, राजन प्रजापति, दिनकलाल श्रेष्ठ, जीवन कवा, दिनेश बासुकला, विजयसिंह डंगोल र राजुकृष्ण महर्जन छन् ।

अध्यक्ष अवालेले क्रमैसंग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना बिमा गरिदिने प्रतिबद्धता जनाएका छन् ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १९:०५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...