back
CTIZAN AD

कविताः निर्मलाको क्रन्दन

वि.सं.२०७७ भदौ २७ शनिवार

900 

shares

त्यो पल म यति रोएँ
रक्तिमआँशु धरतीमा चुहाएँ
चिच्याएँ, कराएँ
भगवानसँग गुहार मागें
मेरो क्रन्दन न मान्छेले सुने
न त मेरो रोदन भगवानले सुने
निरीह थिएँ, म लुटिएँ, लुछिएँ
मलाई कालले पछ्याइरहेको थियो
मलाई थाहै भएन
थाहा पाएकी भए, म बाहिर निस्कँदैन थिएँ
म अबोध कोपिला मलाई के थाहा ?
मलाई सांसारिक बागमा फुल्न दिदैन भनेर
झुल्न दिदैन, खुल्न दिदैन भनेर
रक्तपिपासु नरपिशाचहरुको पन्जामा परें
फुत्किन सकिन
म जबर्जस्ती लुटिएँ, बलात्कृत भएँ
मलाई मारे, म मरें
सुनियोजित घेराबन्दीमा परेकी म
मानव रचित चक्रव्युहमा फसेकी म
कल्पना गर्नुस् त, मलाई कस्तो भयो होला ?
गिद्दले सिनो लुछिए झैं म लुछिदा
शारिरीक अनि यौनिक पीडा झेल्नुपर्दा
त्यो क्षण मेरो लागि कति भयावह भयो होला ?
म कति चोटी मरें होला ?
बरु मलाई भोग गरेर छाडेको भए हुन्थ्यो
शायद मेरो पीडालाई समयले मल्हमपट्टि गर्थ्यो
बिस्तारै सबै घटना भुलिन्थ्यो
तर त्यसो भएन
मेरो केही लाग्दै लागेन
मलाई मारे, म मरें
उफ्, नसोचेको भोगाई भोगेकी म
मानवरूपी बिशालु साँपद्वारा डसिएकी म
म मरेर पनि मेरो लाशले सुख पाएन
मेरो पार्थीवलाशले चयनको निद निदाउनै पाएन
मेरो शवलाई अझै फेरि
राजनैतिक दलहरुले स्वार्थको बलात्कार गरे
राज्यसत्ताले नुनचुक छरे
मेरो लाशलाई फेरी पनि मारे, म मरें
मेरो स्वास मरे, आश पनि मरे
अब लाग्दैन मलाई, अहँ ! लाग्दै लाग्दैन
बलत्कारीहरू दोषी मुकरर हुनेछन्
झ्यालखानामा कैद हुनेछन्
यसर्थ लाग्दैन, म सानो निर्मला कानूनले नदेखेकी
म झिनो, मसिनी निर्मला कानूनले छेकेकी
मलाई अपराध गर्ने अपराधी ठम्याउनु पर्ला भनेर
कानून आँखामा पट्टि बाँधेर
देख्या नदेख्यै छ, सुन्या नसुन्यै छ
मलाई कानूनले पनि मारे, म मरें ।

वि.सं.२०७७ भदौ २७ शनिवार ०९:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...