back
CTIZAN AD

कथा: के मेरो पनि घर छ ?

वि.सं.२०७७ भदौ २७ शनिवार

4.7K 

shares

‘‘म अबुझ नै थिएँ भन्नु पर्छ त्यति बेला मैले पिताको दूरदर्शितालाइ चिन्न सकिन, अब समय बितिसकेको थियो जो म बदल्न आँट गर्न सक्दिन थिएँ । मैले संघर्षलाइ नै अपनाएँ ।’

कैयौं अवगुण त थिए म भित्र जसलाई निरन्तर हटाउनु मेरो ठूलो चुनौती बनेको थियो । अवगुण हटाएर गुणहरु भर्नु आफैमा एउटा संघर्ष नै हो । तर परिवार र अभिभावकहरुको ठूलो भूमिका रहन्छ । आफ्ना सन्तानमा गुणहरु भर्न । तर जब अभिभावकबाट बन्चित बनिन्छ अनि बाटो हिड्न कति कठिन हुन्छ, यो मेरो तीतो अनुभव हो ।’

मनका उकुसमुकुस पोखी रुक्मिणीले आफ्नी दिदीसंग । दिदी पनि उत्तर बिहीन थिइन । केवल बैनीको पीडा सुन्नु मात्र उनको विवसता थियो । विवाह पछि नारीहरुको आफ्नै जीवन भन्दा धेरै अर्काको जीवनको लागी हाँस्नु र बाँच्नु पर्ने बाध्यता दिदीको पनि त थियो ।

संसार भर कोरोनाको कहरमा लकडाउन गरियो । मान्छेहरू घर भित्रै थुनिए । आम्दानी र व्यापार बन्द भए तर पनि खाने पेटले भने माग्न बन्द गरेन । भोकको क्रुर आवाज नचाहेर पनि ठोक्की रह्यो । कानहरूमा र पेटको आन्दोलन पूर्ण दबाबले थिचिरह्यो । भिन्न जिल्लाबाट उच्च शिक्षाका लागि राजधानी पसेका विद्यार्थी र बच्चा साथमा रेखदेखका लागिसंगै बसेका अभिभावकहरुको पनि आफ्नै पीडा थियो । रुक्मिणीले घरपेटीबाट खप्नु परेको पीडा भने व्यक्त गर्न सक्दिन थिइ आफ्नी दिदीलाई । यो पीडा केवल पानाहरूमा उतार्नु भन्दा विकल्प रहेन र रुक्मिणी कलम र कापी लिएर भावना कोर्न बसी ।

घरभाडा समयमा दिन नसक्नु आफैमा लज्जास्पद थियो । खानदानीकी छोरी रुक्मिणीलाई तर अहिले भने आम्दानी ठप्प भए पछि घर भाडा दिन नसकेको ३ महिना भएको थियो । घरबेटी बा मौका हेर्थे स–साना बच्चा साथमा लिएर बसेकी जवान रुक्मिणी माथि अत्याचार गर्न ।

रुक्मिणी घरपेटी बालाई देख्न नपर्ने गरि घर भित्रै बस्ने गर्थि । तर खाएका जुठो भाडा सफा गर्न बाहिर नसिस्की भएन । यो मौका घर बेटी बालाई रुक्मिणी माथि अत्याचार बर्साउने रमाइलो मौका बन्ने गथ्र्यो । भाडा माझिरहेकै स्थानमा गएर घरबेटी बा अनेक प्रश्न सोध्ने गर्दथे । जब उत्तर फर्काउदिन थिई । अनि घर भाडा तुरुन्तै ल्याउनु भन्दै ठूलाठूला आँखा देखाउथे घरबेटी बा ।

यो क्रम सुरुको महिना देखि नै चल्दै आएको थियो । तर विवस रुक्मिणी यो पीडा न कसैलाई भन्न सक्थी । नत घर भाडा बुझाएर घरबेटीको मुखमा बुझो लगाउन नै सक्थी ।

आज पनि घरपेटी बासंग बिहानै जम्काभेट भए र आफ्नो कला प्रर्दर्शन सुरु गरे । जब कलाले छोएन रुक्मिणीलाई घरबेटी बा आफ्ना आँखा डरलाग्दो गरेर खाउँला झैँ गरेर ‘अहिले नै घर भाडा दिनुस्’ भन्दै अत्याचार बर्साउन थाले । आज असैह्य भएको थियो रुक्मिणीलाई उसले आँट गरेर बोली ‘हेर्नुस तपाईको भाडा नदिन खोजेको होइन । समय यस्तै पर्यो तपाईं हरेक दिन यो दुर्ब्यबहार गर्न छोड्नुस् । तपाइंको घर छ काठमाडौँमा मेरो पनि कहीं त घर छ । घर नै नभएका बाटोमा नै जिन्दगी कटाएका पक्कै होइनौं ।’ आफ्ना कुरा भनेर रुक्मिणी आफ्नो कोठामा हान्निदै पुगी ।

घरपेटीले दिएको चोट त थियो नै । उसले आफ्नै ससुराले कान्छी श्रीमतीको भनाइमा लागेर भर्खर बिहे गरेर आएकी बुहारीलाइ आफ्नो घरमा थोरै कोठा भएर कोठा थपे पछि फेरि फर्किने गरी बाहिर कोठा खोजेर बस्न बाध्य पारेको कथा सम्झी ।

‘के मेरो घर छ, के मेरो परिवार छ ? यदि छ भनेर कोठा थपे पछि फर्किनु भनेका ससुरा किन मौन छन् र खोजी गर्दैनन् ?’ उ आफैलाई प्रश्न गर्दैछे ।

वि.सं.२०७७ भदौ २७ शनिवार ०९:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...