back
CTIZAN AD

लघुकथाः पीडा

वि.सं.२०७७ भदौ २७ शनिवार

915 

shares


अब पुख्यौली घरमा पारस र उनकी श्रीमती मात्र बाँकी रहे । छोराहरुको पखेटा लाग्यो । जागिरे भएपछि बिहे गरेर ती अन्य शहरतिर लागे । छोरी ज्वाइँको घर गइन् । जोडघटाउको जीवन दुईबाट सुरु भएको अन्तमा दुईमै आएर अड्कियो ।

चित्रकलाबाट आएको पैसाले उनको घर चलेको थियो । छोराछोरी सबैको चाहना पुरा भएको थियो । उनी ग्राहकको चाहनाअनुरुप चित्र बनाउँथे । क्यानभासमा उनको चित्र सजीवझैं देखिन्छ । साठी वर्षको उमेरमा पनि पारसलाई अझै केही गर्न सक्छु जस्तो लाग्छ ।

तर यसैबीच उनी रोगाउन थाले । खुट्टाको जोर्नी र ढाड दुख्न थाल्यो । श्रममा बाँच्ने कलाकारका लागि यो पीडा अझ घातक भयो । हातमा पेन्सिल र ब्रुस लिएर घण्टौंसम्म बस्नुपर्ने भएकाले ढाड दुखेर हैरान बनायो । डाक्टरकोमा गएर जचाउँदा नसा च्यापिएको, हड्डी खिइएको भने । औषधि गर्न अर्थको अभाव भयो । छोराछोरीलाई भने । उल्टो सबैले आआफ्ना समस्या सुनाए ।

ग्राहकहरू त आइरहन्थे तर खास काम हुँदैनथ्यो । एक जना मानिस पारसलाई खोज्दै आए । उनले आफ्नो बुवाको फोटो बनाइदिन आग्रह गरे । पारसले आफ्नो रोगले गर्दा फोटो बनाउन नसक्ने बताए । ती व्यक्ति गए ।

तिनै व्यक्ति भोलिपल्ट आएर भने ‘म डाक्टर हुँ, यो औषधि यहाँ लेखेअनुसार खानुहोला । म पछि आउँछु ।’ पारसको पीडा केही दिनमा नै कम हुन थाल्यो ।

पन्ध्र दिनपछि फेरि ती डाक्टर आएर तीन दिनमा बुवाको फोटो बनाउन भने । पारसले तीन दिनमा कसरी हुन्छ भनेपछि उनले हाँसेर भने कलाकारज्यू हजुरको पीडा तीन दिनमा हराएको हुनुपर्छ । मलाइ पनि तीन दिनपछि मेरो बुवाको जन्मदिनमा यो फोटो भए हुने । पारसले मुस्कुराएर भने ‘हस्, म पनि तीन दिनमा नै बनाइदिन्छु ।’

वि.सं.२०७७ भदौ २७ शनिवार १०:०२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...