back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ भदौ २७ शनिवार

1K 

shares

१.
बोकेर निष्ठा त्यो मनमा सदा फाली पापको कालो
जगाई सद्भाव त्यो जनमा नित्य हटाई मैलो जालो
निखारिदै देशको माया जब भावमा छाँउछ चन्द्रमा
शुद्धता उदाए मात्र त्यो दिलमा अनि आँउछ पालो ।
२.
न्याय, निष्ठा र सद्भावमा सदा जोखिन मन छ,
भाव मानिसको तरल हुन्छ र त पोखिन मन छ,
कहाँ अडेको छ र ! संसार आपसमा भर नपरी
हिमाल सरि स्वच्छतामा चुलिएर देखिन मन छ ।
३.
मनमा किन आज तिमीलाई देखुँ देखुँ लाग्यो,
दिलको कुरा आज तिमीलाई लेखुँ लेखुँ लाग्यो
शरद लाग्यो फूलमा हेर भँवराको ताँती
उडि-जाला वासना फूलको छेकुँ छेकुँ लाग्यो ।
४.
जति गुण लाउछौ मानव मनमा त्यति लगाउ,
तालको पानी शान्त नै रहन देउ धेरै नचलाउ
बैगुनिलाई गुणले जित्नु पर्छ भन्थे भन्न त बुढा पाकाहरुले सँधै
तर, गुणले गुण खान्छ, तँलाई म खान्छु भन्छ बैगुणीले धेरै नबहलाउ ।
५.
न त वर रह्यौ ,न त पर भयोै तिमी,
वरीपरि कही देखिन कहाँ गयौ तिमी,
साईतको दियो बलिरहेछ आज हेर प्रिय
आश मारेर जिन्दगीको कता हरायौ तिमी ।

वि.सं.२०७७ भदौ २७ शनिवार १०:१२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...