back
CTIZAN AD

कविताः मन नपरेको मान्छे

वि.सं.२०७७ भदौ २७ शनिवार

2.6K 

shares

नफलेको चामलका बियाँ जस्ता लाग्ने
उसको खस्रो बोली
मलाई पटक्कै मन पर्दैन ।
दरिद्र थैलीको मुख जस्तो
जतिखेर पनि फ्यास्स फ्यास्स फुस्कि रहने
उसको सस्तो हाँसो
मलाई पटक्कै मन पर्दैन ।

खाल्टाखुल्टीले भरिएको
पिच बाटो जस्ता उसका दाँत
मलाई पटक्कै मन पर्दैन ।
झर्दाझर्दै झर्न बाँकी रहेका
उसको तालुका केही थान कपालहरु
मलाई पटक्कै मन पर्दैन ।

हेरेपछि,
अनुहारभरी सकसकाउँदै दौडेर
मेरो आँखामा डुब्न खोज्ने
उसका एकथान आँखा
मलाई पटक्कै मन पर्दैन ।
सुकेका दाउरा जस्ता देखिने
उसका हातका निला निला नशाहरु
मलाई पटक्कै मन पर्दैन ।
भित्तामै टाँस्सिएको छाती मुनि
पुट्ट निस्किएको उसको पेट
मलाई पटक्कै मन पर्दैन ।

पिरामिड जस्तो
उसको शरिरलाई बोक्ने
उसका सुइँखुट्टे खुट्टाहरु
मलाई मन पर्दैनन् ।
ढिलासुस्ती,
किचकिच गर्ने बानी,
नाकको टुप्पामा टाँस्सिएको रिस,
आवेग र अहंकारको सगरमाथा ।
ओहो
शिरदेखि पाउसम्म मन पराउने कतै केही छैन ।

कसले मन पराओस्
यस्तो कुरुप अवयव भएको मान्छेलाई ?
र पनि
दीयो र बाती झैं
सँगसँगै हुनै पर्छ
र मन पर्छ ।
नदी र किनार झैं
सँगसँगै हिंड्न पर्छ
र मन पर्छ ।
अग्लो चौतारीमा
सँगसँगै बसेर
डुब्दै गरेको घामलाई हेरिरहन पर्छ
र मन पर्छ ।

यही बाध्यताले गर्दा मलाई अचेल
सबैभन्दा मन नपरेको मान्छेसँग
सबैभन्दा मन परेको ठाउँमा बस्न
र रमाउन मन पर्छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार १०:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...