२८ भदौँ, काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने सिपिएल सकिएपछि ट्रिनबागोबाट आईपिएलमा भाग लिनको लागि हिजो युएई तर्फ प्रस्थान गरेका थिए ।
उनी अमेरीका हुदैँ युएई जादैँ थिए । युएई जानका लागि हिडेका सन्दिपको अमेरीकी सहर न्यूर्योकबाट फ्लाईट छुटेको छ । उनले इन्स्टाग्राममा स्टोरी सेयर गदैैँ न्युर्योकबाट युएई जाने फ्लाईट छुटेको जानकारी दिएका हुन । उनले युएई जानको लागि अर्को फ्लाईटको प्रतिक्षा गरिरहेका बताएका छन ।

कोरोना भाइरसको महामारीको कारणले गर्दा यस बर्षको आईपिएल भारतमा नभएर युएईमा हुन गईरहेको छ । सन्दिपले यस वर्षको आईपिएल पनि दिल्ली क्यापिटल्सबाटै खेल्ने छन । दिल्लीले आफ्नो पहिलो खेल सेप्टेम्बर २० मा किंग्स इलेवन पंजाब विरुद्ध खेल्ने छ ।
वि.सं.२०७७ भदौ २८ आइतवार १०:३३ मा प्रकाशित






























