back
CTIZAN AD

भ्रममा नपरौं सोमबारबाट लागू भएको कोरोना बीमा नयाँ हो, पुरानो मापदण्ड अनुसार बीमा गरेकाले पुरै बीमा रकम पाउँछनः बीमा समिति

वि.सं.२०७७ भदौ ३० मंगलवार

990 

shares

३० भदौ, काठमाडौं । बीमा समितिले सोमबारबाट लागू भएको कोरोना बीमाको मापदण्ड नयाँ भएको प्रस्ट पारेको छ ।
संसार न्यूज डट कमसंग कुरा गर्दै समितिका निर्देशक राजुरमण पौडेलले साउन २१ गतेदेखि लागु भएको कोरोना बीमाको मापदण्डलाई सोमबारदेखि लागु भएको कोरोना बीमा मापदण्डले बिस्थापित मात्र गरेको बताएका छन ।

“सोमबारदेखी बीमा कम्पनीहरुले पुरानो बीमा लेख बिक्री गर्ने छैनन् र गत वैशाख ७ गतेदेखि कोरोना बीमा गरेका बीमितहरुले पुरानै मापदण्ड अनुसार सुबिधा पाउँछन ।” पौडेलले भने, “सोमबारदेखि लागू भएको कोरोना बीमा मापदण्डले पुरानो मापदण्डलाई बिस्थापित गरेको छ, अब नयाँ मापदण्ड अनुसार कै बीमालेख जारी हुन्छ र बीमितले सोहि अनुसार सुबिधा पाउँछन् ।”

समितिले सोमबार नयाँ मापदण्ड लागू गरेपछि बीमितहरुले बीमा गरे अनुसारको रकम नपाउने भन्दै संचार माध्यमहरुमा समाचार प्रकासित भएको थियो । तर आईतबार सरोकारवालहरुसंग गरिएको छलफलको सुझाबकै आधारमा समितिले नया मापदण्ड लागू गरेको बीमक संघले जनाएको छ । संघले पनि नयाँ मापदण्ड अनुसार बीमा गरेकाहरुले सोहि अनुसार सुबिधा पाउने तथा पुरानो मापदण्ड अनुसार बिमा गरेकाहरुले सोहि अनुसार सुबिधा पाउने जनाएको छ । उसले बीमा समितिले गरेको निर्देसनलाई मान्ने बताएको छ ।

“सोमबारदेखी बीमा कम्पनीहरुले पुरानो बीमा लेख बिक्री गर्ने छैनन् र गत वैशाख ७ गतेदेखि कोरोना बीमा गरेका बीमितहरुले पुरानै मापदण्ड अनुसार सुबिधा पाउँछन ।” पौडेलले भने, “सोमबारदेखि लागू भएको कोरोना बीमा मापदण्डले पुरानो मापदण्डलाई बिस्थापित गरेको छ, अब नयाँ मापदण्ड अनुसार कै बीमालेख जारी हुन्छ र बीमितले सोहि अनुसार सुबिधा पाउँछन् ।”

निर्जीबन बीमा समितिको छाता संगठन बीमक संघका प्रबक्ता तथा सगरमाथा ईन्स्योरेन्सका सिईओ चंकी क्षत्रीले भने “बीमा समिति हाम्रो नियामक निकाय हो उसले भनेको नमान्ने कुरा आउँदैन ।” उनले भने, “सोमबारबाट लागू भएको मापदण्ड अनुसार कै बीमालेख जारी हुन्छ र नयाँ मापदण्ड अनुसार बीमितले सेवा सुबिधा पाउछन् । पुरानाले पुरानै मापदण्ड अनुसार सेवासुबिधा पाउँछन् ।”

उसो त समितिले आईतबार नै बिज्ञप्ति मार्फत २०७७ साउन २१ गते जारी भएको पुरानो कोरोना बीमा मापदण्ड अन्त्य भएको तथा नयाँ कोरोना बीमा मापदण्ड सोमबारदेखि लागू हुने जनाएको थियो ।

जसमा नयाँ मापदण्ड अनुसार सामुहिक कोरोना बीमा मात्र गर्न पाउने, कोरोना संक्रमण पुष्टि भएको अवस्थामा सुरु मै २५ प्रतिशत रकम उपलब्ध गराउने तथा बाँकी रकम औषधी उपचारको बिल पेस गरेपछि मात्र उपलब्ध गराउने लगायतका सिमाहरु तोकिएको छ ।

१ लाखको कोरोना बिमा गर्दा २५ हजार मात्रै पाइने

भद्रगोल तथ्यांकलाई व्यवस्थित गर्ने तयारीमा बीमा समिति, तथ्यांक व्यवस्थित गर्न कति छ चुनौती ?

हेर्नुहोस् बीमा समितिले आईतबार जारी गरेको नयाँ मापदण्ड

वि.सं.२०७७ भदौ ३० मंगलवार ११:२० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...