
विघ्न बाधा घटाऊ प्रिय
सत्य गाथा चटाऊ प्रिय ।
शान्तिको पाठ त्यो बाड्नु छ
बुद्ध माला रटाऊ प्रिय ।
ज्योति बालौं सधैं ज्ञानको
उग्र हिंसा हटाऊ प्रिय ।
खप्न गाह्रो धरामा भयो
दुःख डाँडा कटाऊ प्रिय ।
अग्रगामी बनी देशमा
ढोल झ्याली ठटाऊ प्रिय ।
बहरे मुसद्दत सालिम अर्कान-२१२x३
भैंसेपाटी, ललितपुर,हाल-मिजौरी, अमेरिका
वि.सं.२०७७ मंसिर २७ शनिवार ११:१७ मा प्रकाशित





























