back
CTIZAN AD

प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन २०१९ को स्मारिका बिमोचन

वि.सं.२०७७ पुस ९ बिहीवार

1.1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली सङघले २०१९ सेप्टेम्बरमा अमेरिकाको बोस्टनमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलनको स्मारिकाको विमोचन गरेको छ ।
सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको आयोजनामा बिशेष अनलाइन कार्यक्रममार्फत् उक्त स्मारिकाको आइतबार बिमोचन गरिएको हो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्मारिकाको बिमोचन गर्दै आफू समेत प्रमुख अतिथिका रुपमा सहभागी उक्त सम्मेलन नेपाली भाषा साहित्यका लागि कोशे ढुङ्गा बनेको बताएका थिए । कुलपति उप्रेतीले अहिले नेपाली साहित्य बिश्वब्यापी बनेको र यसको बिस्तारमा गैरआवासीय नेपाली सङ्घले खेलेको भूमिका उत्कृष्ट रहेको भन्दै प्रसंसा गरेका थिए ।
समारोहमा सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृति प्रबर्द्धनलाई महत्त्वपूर्ण रुपमा लिएको र प्रज्ञाको सहयोगमा अझै थप कार्यहरु गर्दै जाने योजना रहेको बताएका थिए ।

प्रज्ञाका सदस्य सचिब डा . जगत प्रसाद उपाध्यायले स्मारिकाको समिक्षा गरेका थिए भने सङ्घका पूर्वअध्यक्ष एबंम्ु नियात्राकार जिवा लामिछानेले सङ्घको साहित्यिक गतिविधिको बारेमा चर्चा गरेका थिए ।

समितिका निबर्तमान संयोजक गोबिन्द प्रसाद गौतमको स्वागत मन्तब्य रहेको उक्त विमोचन कार्यक्रमको संचालन स्मारिकाका प्रधान सम्पादक सुरेन उप्रेतीले गरेका थिए ।
सङ्घका भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितीका अध्यक्ष हिक्मत थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रसियाका वरिष्ठ नेपाली साहित्यकार कृष्णप्रकाश श्रेष्ठ समेतको सम्पादनमा प्रकाशित ‘दुई राजधानी : मस्को र काठमाडौं’ विषयक नेपाल र रसियाका साहित्यकारहरुको संयुक्त साहित्यिक सङ्ग्रहको पनि कुलपति उप्रेतीद्धारा बिमोचन गरिएको थियो ।

 

वि.सं.२०७७ पुस ९ बिहीवार २१:१६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...