back
CTIZAN AD

अपहेलना मुद्दा : चार पूर्वप्रधानन्यायाधीशलाई फागुन ६ गतेकाे तारिख तोकियो

वि.सं.२०७७ फागुन ३ सोमवार

690 

shares

फागुन ३, काठमाडौं । सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरुलाई अदालतको अपहेलना मुद्दामा फागुन ६ गतेका लागि तारिख तोकिएको छ । चार पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार स्वंय उपस्थित भएर लिखित जवाफ पेश गरेसँगै अदालतले तारिख तोकेको हो ।

अदालतमा जवाफ बुझाएपछि सात दिनको म्याद दिने व्यवस्था छ । तर, पूर्वप्रधानन्यायाधीशरुले त्यो प्रतिक्षा नगरी छिटो तारिखको माग गरेका थिए ।

गत पुस २४ मा चार पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए ।

याे पनि…

केछ चार पूर्वप्रधानन्यायाधीशले अदालतलाई बुझाइएको लिखित जवाफमा ? हेर्नुहोस् पूर्णंपाठ

अपहेलना मुद्दा : लिखित जवाफ लिएर सर्वोच्च अदातल पुगे चार पूर्वप्रधानन्यायाधीश

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि उनीहरुविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसको प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको एकल इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

जुन आदेशअनुसार नै सोमबार चार पूर्वप्रधानन्यायाधीश अदालतमा उपस्थित भएका जवाफ बुझाएका हुन् ।

जवाफमा न्यायाधीशहरुले प्रतिनिधिसभा विघटनको मुद्दामा सार्वजनिक चाँसो र सरोकारको विषय रहेको भन्दै उक्त विषयमा नागरिकले आफ्नो भनाईहरु राख्नु विधिशास्त्रिय हिसाबले स्वीकार्य भएको दाबी गरेका छन् । जवाफमा न्यायाधीशहरुले विघटनलाई वैद्य भन्दा अदालतको सम्मान र अवैद्य भन्दा अदालतको अपहेलना भनि ठान्नु आफैंमा द्धैद्य शैली भएको पनि बताएका छन् ।

वि.सं.२०७७ फागुन ३ सोमवार १५:५२ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...