back
CTIZAN AD

कविताः उल्कै त माया छ यो

वि.सं.२०७७ फागुन २२ शनिवार

861 

shares

कालो बादल त्यो उठेर कसरी ढाक्यो अकाशै भरि
गर्जेको अझ लौ छ मेघ नभमा उल्कै अचम्मै गरि
भुल्दैछन् ममता बुझेर पनि त्यो बिर्सेर आफ्नै धरा
कोलोहाल गरे मिलेर सब त्यो कुर्सी त देख्दै बरा

बिक्दैछन् कसरी भुलेर महमा आत्मा त बेच्दै कति
अर्काको भरमा हिडेर अति ती बन्दैछ आफ्नै खति
वैशाखी यसरी समाइ रहदा होला र के यो गति
ध्वस्तै भो धरती विनाश सहदै बिग्रेर हाम्रो मति

धर्ती स्वर्ग छ यो बुझेर सबले गुन्दै गएमा यहाँ
अग्लाती चुचुरा हिमाल हिउँका चुल्दैछ चाँदी जहाँ
बग्दैछन् छहरा झरेर झरना सौन्दर्य उल्कै छरि
यस्तै यो धरती कहाँ छ भन लौ पाइन्न धर्ती भरि

नेपाली जन यो मिलेर रहदा आफ्नै त धर्ती महा
ढुङ्गा त्यो सुन हुन्छ हेर सजिलै बल्नेछ हीरा यहाँ
खानीमा अझ त्यो असंख्य रहदा बेग्लै खजानाहरु
झारौ है पसिना मिलेर सबले खुट्टा त चाल्दै अरू

सारङ्गी मुरली बजेर स्वर त्यो गुञ्जिन्छ हाम्रो कति
आफ्नै यी गहना सुहाइ रहदा राम्रो छ राम्रो अति
रोदीमा बस्दै मिलेर रमने संस्कार हाम्रो भयो
धर्तीको ममता रहेर मुटुमा उल्कै त माया छ यो ।

छन्दः शार्दूलबिक्रीडित

वि.सं.२०७७ फागुन २२ शनिवार ०८:२३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...