कालो बजारी, कसरी बढेका
थुप्रै लगाए, करले मरेका
भोकै मरेका, डरमा परेका
बाँच्नै नसक्ने, सकसै गरेका
सासै लिनानै, नदिने भएका
गुन्डा र गर्दी कति हो बढेका
खाँदा पिउँदा, जति को रबाफ
आर्थिक क्रान्ति, करकै जबाफ
सोच्नै नसक्ने, जनता यहाँ का
भारी लगाए, करले डरेका
कालो बजारी, जनता लुटेरा
हत्यारा अझै, कति हो छुटेका
शान्ति भुलेका, घुसपैठ खाए
सोच्नै नसक्ने, जनता फसाए
लूटेर पैसा, सबको पचाए
आफ्नो सुनौलो, दुनिया बसाए
छन्द–उपजाति
वि.सं.२०७७ फागुन २२ शनिवार ०८:२५ मा प्रकाशित






























