
२३ चैत्र, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहमा शिक्षण संस्था स्थानान्तरण,कार्यक्रम परिवर्तन,क्रेडिट ट्रन्सफर र अध्ययन निरन्तरताका लागि इच्छुक विद्यार्थीले निवेदन दिन सक्ने जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का आंगिक,साझेदारी,सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा स्म्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरुमा डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययनरत विद्यार्थीहरुले प्रकृया पुरागरी निवेदन दिन सक्ने छन् ।