back
CTIZAN AD

नेपाली समुदायका प्रतिनिधि उम्मेदवार Yi(Andy) Chen लाई सघाउन न्युर्योकमा कार्यक्रमको आयोजना

वि.सं.२०७७ चैत २८ शनिवार

741 

shares

२८ चैत, अमेरिका । अमेरिकाको न्युयोर्कका नेपाली समुदायका प्रतिनिधि Yi(Andy) Chen लाई सघाउन एक कार्यक्रमको आयोजना गरिने भएको छ ।

अप्रिल ११ का दिन दिउँसो ३ः३० बजे न्युयोर्ककको कुइन्सस्थित ज्याक्सन हाइट्सको डाइभरसिटी प्लाजामा सिटी  काउन्सील डिष्ट्रिक २५ का  उम्मेदवार Yi(Andy) Chen को समर्थनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति, मन्तव्यका साथै सांस्कृतिक कार्यक्रमको आयोज

ना गरिने समेत आयोजकले जनाएको छ । साथै नेपाली समुदायबीच Yi(Andy) Chen को व्यक्तित्वका बारेमा सुनाउने र बुझाउने मुल उद्धेश्य रहेको छ ।
न्युयोर्कको ज्याक्सन हाइट्समा 83 -16 Cornish Ave, Elmhurst NY 11373 मा कार्यालय खोलेर सामाजिक काम तथा आफ्नो चुनावी प्रचार–प्रसार गर्दै आएका Yi(Andy) Chen ले नेपाली समुदायको निम्ति हरेक प्रकारका सहयोग गर्न आफू सदैव तत्पर रहेको प्रतिवद्दता व्यक्त गरेका छन् ।

चीनबाट १३ वर्षको उमेरमा अमेरिका आइपुगेका ३२ वर्षीय YI (andy) Chen  उक्त जिल्लाको सबैभन्दा कान्छा उम्मेदवार हुन् । उनले नेपाली समुदायको भवन निर्माण, सरकारी निकायमा प्रतिनिधित्व, आर्थिक विकास र पहिचानको निम्ति लड्ने समेत बताएका छन् ।

No description available.

YI (andy) Chen  ले नेपाली समुदायका लागि रक्तदान कार्यक्रम, कोरोना कहरका बेला पिपिई वितरण, सर्वसाधारणलाई हरेक साता खाना तथा लत्ता कपडा वितरण, खेलाडिका निम्ति खेलकुद सामग्री वितरण गर्ने लगायतका काम गरेर नेपाली समुदायका बीच आफ्नो पहिचान बनाएका छन् । उनले 89th street & 34th Avenue   आगलागी भएका बेला सबैभन्दा पहिले उद्धारमा खटिएर पीडितहरुलाई लत्ता कपडा र खाना सहित होटलमा बस्ने व्यवस्था समेत गरेका थिए उनले ।

त्यस्तै Elmhurst Hospital मा कोभिड १९ बाट बचेका र फ्रन्ट लाइनमा बसेर काम गरेकाहरुलाई सम्मान गर्नुका साथै दीप प्रज्वलन गरेर निधन भएकाहरुको आत्माको शान्तिका लागि कामना गरेका थिए । साथै    Stop Asian Hate Rally   को मुख्य आयोजकका साथै नेपाली समुदायलाई पनि आयोजक कमिटीमा राखेर २ हजार बढी मानिसहरुको उपस्थिततिमा कार्यक्रम आयोजना गरेका थिए ।

No description available.

उनी आफू बस्ने जिल्ला निकै फोहोर रहेको भन्दै डाइभरसिटी प्लाजा सरसफाई गर्ने जस्ता विविध कार्यक्रममा अग्रसर हुँदै आएका छन् ।

Yi(Andy) Chen जिताउ अभियानका लागि नेपाली मुलका दीपेन्द्र लामाले अग्रसरता लिएका छन् भने नेप्लीज अमेरिकी रिलेशन डिर्पाटमेन्टको तर्फबाट केशवराम राईले संयोजन गरिरहेका छन् ।

वि.सं.२०७७ चैत २८ शनिवार ०९:०५ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...