२९ चैत, काठमाडौं । नेकपा एमालेको माधव समूहले प्युठानमा पनि समानान्तरण कमिटी बनाएको छ ।
शनिबार आयोजित कार्यकर्ताको जिल्ला भेलाले भोजविक्रम बुढा मगरको नेतृत्वमा ६१ सदस्यीय कमिटी गठन गरेको हो ।
उक्त भेलाले उपाध्यक्षमा कृष्ण रायमाझी र सचिवमा दिपेन्द्र केसीलाई चयन गरेको छ भने विराज भण्डारी, आर.पि राज भण्डारी, जिआर पुलामी, तिल बहादुर घर्ती, धर्मराज भण्डारी, आर रिजाल, सन्तोष वि.क, झविलाल राहु, भिम बहादुर केसी र झग बहादुर बुढामगरलाई सचिवायल सदस्यमा चयन गरेको छ ।
माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीको उपस्थितिमा सम्पन्न उक्त भेलामा संविधानसभा सदस्य हिरा बहादुर केसी र धन बहादुर रायमाझी तथा प्रदेश किमिटी सदस्यहरु शोभाराम भण्डारी लगायतका नेताहरुको उपस्थिति थियो ।
माधव समूहले यसअघि वागमती र सुदूरपश्चिममा प्रदेश कमिटी विस्तार गरिसकेको छ भने काठमाडौं, अर्घाखाँची, गोरखा र कास्कीमा जिल्ला समानान्तर कमिटी विस्तार गरिसकेको छ ।
नेपाल पक्षको कास्की जिल्ला समानान्तर कमिटीलाई पूर्णता, हेर्नुहोस् को–को छन् त कमिटीमा ?
वि.सं.२०७७ चैत २९ आइतवार ०८:२६ मा प्रकाशित