back
CTIZAN AD

कविताः तिमी जिति रह्यौ, देशले हारि रह्यो

वि.सं.२०७८ जेठ २९ शनिवार

1K 

shares

यहाँ दिनहुँ होडबाजी चलिरहेछ
सत्ता कसले हात पार्यो
व, वा सलाम छ तिमिलाइ
तिमी जितिरह्यौ बारबार
तर मेरो देशले हार्यो ।
सज्जन र इमानदार बन्न
खबरदार दुस्साहस नगर्नु कसैले
यहाँ असल अनि भद्र ब्याक्तीलाई
टिक्न निकै छ गाह्रो
वा, वा ताली ताली तिमिलाइ
तिमी जितिरहयौ बारबार
तर मेरो देशले हारिरह्यो

तिमी देशको माटोको रक्षाको कुरा गर्छौ
यहाँ चेलिको इज्जत र जीवनकै रक्षा छैन
जनताको भोटको भिख मागी कुर्सी भेटाएकाहरुले
खोइ राम्रो कसले के गर्यो
वा वा सम्मान छ तिमिलाइ
तिमी जितिरह्यौ बारबार
तर मेरो देशले हारि रह्यो
जनता श्वास फेर्न नपाइ तड्पिरहदा
वा !!! उता चुनावको भब्य तयारी
महामारिमा कोहि हस्पिटल बेड नपाइ मरे
कसैलाइ भोकमरिले मार्यो
वा–वा माननीय महोदय माने तिमिलाइ
तिमी जितिरह्यै बारबार
तर मेरो देशले हारिरह्यो

निर्दोष पीडितले सडकमा रुदै
न्याय मागेर चिच्च्याउँदा
न्यायालयले हुन्छ हुन्छ मै टार्यो
व, वा ताली छ तिमिलाइ
तिमी जितिरहयौ बारबार ।
तर मेरो देशले हारिरह्यो ।

पीडाले छट्पटिएको छ देश
बिरामी देशको छाती कुल्चिदै
गर्छौं विकासको झुटो सपना
जनताको आँखामा छारो ?
वा वा सलुट छ तिमिलाइ नेताज्यू
तिमी जितिरह्यौ बारबार
तर मेरो देशले हारि रह्यो

ढुङ्गाकै मुटु प्रत्यारोपण रहेछ क्यारे
दुनियाँको थुकाइ आलोचनाले ग्लानी नहुने
एकपछी अर्को नेता दुरुस्तै
अहो उहि रोग सर्यो
वा, वा माने तिमिलाइ सलाम छ
तिमी जितिरह्यौ बारबार
तर मेरो देशले हारि रह्यो ।

निर्दोष पीडितले सडकमा रुदै
न्याय मागेर चिच्च्याउँदा
न्यायालयले हुन्छ हुन्छ मै टार्यो
व, वा ताली छ तिमिलाइ
तिमी जितिरहयौ बारबार ।
तर मेरो देशले हारिरह्यो ।

छि !! यस्तो देशको नागरिक म ग्लानी हुन्छ
जनता पीडाको अन्धकारमा ढल्दा
नेताले आफ्नै स्वार्थको उज्यालो भर्यो
वा, वा लाख–लाख बधाई तिमिलाइ
तिमी जितिरह्यौ बारबार
तर मेरो देशले हारि रह्यो ।
तर मेरो देशले हारि रह्यो

 

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०६:४८ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...