२७ जुलाई रसिया । एनआरएनए रसियाको अध्यक्षमा पुनः शिवमणि भुर्त्याल निर्विरोध निर्वाचित भएका छन् ।
जुलाई २५ मा सम्पन्न संघको १० औं महाधिवेशनले सिंगो कार्यसमितिलाई नै २०२१–२०२३ का लागि पुनः निर्विरोध चयन गरेको बताईको छ ।
कार्यसमितिको उपाध्यक्षत्रयमा केशव तिमिल्सिना, गणेश रामदान र गोविन्द्र आचार्य, महासचिवमा इन्द्र भुसाल, सचिवमा सन्देश सिंखडा, कोषाध्यक्षमा किरण राणाभाट र सहकोषाध्यक्षमा हिमाल खनाल, युवा संयोजकमा सिताराम कटेल ‘मिलन’, महिला संयोजकमा सरस्वती खनाल र सदस्यहरुमा अमित कर्ण, संज्ञान कार्की, पार्शुक पोखरेल र यम बहादुर थापा चयन भएका हुन् ।
त्यसैगरी एनआरएनए रसियाबाट आइसीसी सदस्यमा रामेश्वर गौतम निर्वाचित भएका छन् ।
रुसका लागी नेपालका कार्यबाहक राजदूत सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न संघको १० औं महाधिबेशनका बिशेष अतिथि एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।
वि.सं.२०७८ साउन १२ मंगलवार १४:२१ मा प्रकाशित






























