back
CTIZAN AD

किरात याक्थुङ चुम्लुङ अमेरिकाले मनायो सिसेक्पा तङ्नाम

वि.सं.२०७८ साउन १२ मंगलवार

723 

shares

२७ जुलाई, अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ मौलिक पर्ब सिसेक्पा तङ्नाम हर्षोल्लासका साथ मनाएको छ ।

जुलाई २४ मा कुइन्स बृज पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता,  आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङको विशेष आतिथ्यता तथा एनआरएनए न्युयोर्कका अध्यक्ष आङछिरीङ शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

भव्य र सभ्य रुपमा मनाईएको ससेक्पा तङ्नाम कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । बिभिन्न संघ संस्थाका नेतृत्व, प्रतिनिधि, बुद्धिजीवी जनसमुदाय लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा कनेक्टिकट, न्यूजर्सी, मेरिल्यांड, एरिजोना, टेक्सास देखी उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा आफ्नो संस्कार संस्कृति, भाषा, धर्म जोगाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ भन्दै सहभागी भएका थिए भने सहभागी हुन नसक्नेहरुले शुभकामना तथा कार्यक्रमका लागि सहयोग राशि पठाएको बताइएको छ ।

No description available.

५०८१ वर्ष देखि मनाउँदै आइएको पर्वमा आयोजित कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरुरुमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग रहने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।

 

वि.सं.२०७८ साउन १२ मंगलवार १७:३० मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...