back
CTIZAN AD

एनआरएनए बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी

वि.सं.२०७८ साउन १६ शनिवार

762 

shares

३१ जुलाई, गबोरोने, बोत्स्वाना । दक्षिणी अफ्रीकी भुपेरिवेष्ठित मुलुक बोत्स्वाना एनआरएनएको शुक्रवार सम्पन्न बार्षिक साधारणसभाले श्रीमती शान्ती भण्डारीलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ ।

त्यसैगरी तुलसी कामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा चुनिएका छन् भने नयाँ कार्यसमितिको गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खड्का महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिलासंयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन् ।

साधारणसभाको अनुगमनकर्ता पूर्वअध्यक्ष डा. बिपी यादव रहेका थिए भने निवर्तमान अध्यक्ष पदम भण्डारीको सभापतित्व रहेको थियो ।

बीस लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले बिकास भइरहेको अफ्रीकी देश हो । सन् १९६० मा प्रति ब्यक्ती आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रति ब्यक्ति आय बार्षिक १८,८२५ डलर छ । खनिज ÷ खानी, पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन् ।

वि.सं.२०७८ साउन १६ शनिवार ०९:०५ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...