back
CTIZAN AD

भ्रामक समाचार प्रति नासाको आपत्ति, नोभेम्बर २१ मा सम्मेलन र निर्वाचन हुने

वि.सं.२०७८ असोज १२ मंगलवार

720 

shares

काठमाडौँ । अनधिकृत रूपमा सस्थाको लोगो प्रयोग गरि प्रकाशित भ्रामक समाचार प्रति नासाले आपत्ति जनाएको छ ।

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (नासा) को लोगो समेत प्रयोग गरि प्रेस विज्ञप्ति र केही भ्रामक समाचार समेत प्रकाशित भएकोमा नासा कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाका अध्यक्ष बिनय अर्याल तथा महासचिव कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित्  उक्त बिज्ञप्ति अनुसार आगामी नोभेम्बर २१ तारिकका दिन स्थगित १६ औ सयुक्त सम्मेलन हुने र सोही सम्मेलनमा नासाको निर्वाचन पनि हुने जनाईएको छ ।

डेल्टा भेरिएण्टको कारण सम्मेलन रोकिएको थियो । सम्मेलन हुने होटलसँग सम्झौता  रद्द हुँदा आयोजकले हर्जाना बापत रकम तिर्नु पर्ने भए पनि निर्वाचनको बारेमा कुनै छलफलनै नगरि सम्मेलन स्थगन गरिएको थियो । निर्बाचन समितिले आफ्नो कार्यतालिका अनुरुप २१ जनाको कार्यसमितिमा १८ जनाको निर्बिरोध भै ३ जना अध्यक्ष, बरिष्ठउपाध्यक्ष र उपाध्यक्षको मात्र निर्वाचन गराउनु पर्ने गरी उमेदबारहरूको अन्तिम नामावली सहित निर्बाचन तालिका प्रकाशित गरेका थिए ।

निर्बाचनबाट पछाडी हट्ने मनसायले निर्बाचन समिति माथि विभिन्न आरोप लगाईएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नासा नै बैधानिक संकटमा पर्ने जानकारी हुँदा हुँदै पनि संस्थालाई सङ्कटमा पार्न निर्बाचनमा उम्मेदवार भइ सकेका व्यक्तिहरु नै लागि परेको जनाईएको छ । निर्धारित मितिभित्र नासाको नेतृत्व चयन हुन नसकेमा ९० दिन पछि नासा नै बैधानिक संकटमा पर्ने उल्लेख गरिएको छ ।

कार्यसमितिबाट आफूखुशि राजिनामा दिई सो राजिनामा बिधिबत् तबरबाटै स्विकृत समेत भईसकेपछि  सबै राजिनामा दिने व्यक्तिहरु अब प्रत्यक्ष रूपमा नासाको कार्यसमितिको कुनै पनि ओहोदा तथा जिम्मेबारीमा नरहेकाले अनाधिकृत रुपमा संस्थाको नाम, लोगो र आइडीहरु समेत प्रयोग गरि संस्थालाई बदनाम हुने कुनै क्रियाकलापहरु अब उप्रान्त नगर्न, नगराउन अनुरोध गरेको छ ।

तीन दशक भन्दा बढ़ी गौरवशाली इतिहास बोकेको सामाजिक संस्था (नासा) लाई सामाजिक तथा राजनैतिक घेरामा नराखी बिशुद्ध सामाजिक संस्थाको रुपमा ऐतिहासिक धरातलको संरक्षण गर्न कटिबद्ध एबम वचनवद्ध रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (नासा) र एसोसिएशन अफ नेपालिज ईनमिडवेष्ट अमेरिका (अन्मा ) को स्थगन भएको १६ औं संयूक्त सम्मेलन आगामी नोभेम्बेर २१ गते आईतबार सोहि स्थानमा गर्ने निर्णय भएको जनाइएको छ । सम्मेलनलाई सफल बनाउन सबैको अपेक्षा रहेको उक्त बिज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:०८ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...