back
CTIZAN AD

अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

वि.सं.२०७८ कात्तिक १० बुधवार

675 

shares

वासिङ्टन । अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो ।

अमेरिकाको नेतृत्वमा गएको सैनिक गठवन्धनका अधिकांश सैनिकहरू तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए ।

सिनेटमा भएको एउटा सुनुवाईका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा ४३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिएका हुन् ।
उनले अफगनिस्तानमा रहेका सवै अमेरिकी सैनिकहरु आफुहरूको निरन्तर सम्पर्कमा रहेको पनि स्पष्ट पारेका छन् ।

मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये १७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी दिए ।

तर २४३ जना भने अफगानिस्तान छाड्ने की नछाड्ने भन्ने बारेमा अन्यौलमा रहेको पनि उपसचिव काह्लले बताए ।

अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषित रुपमा गत अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो ।

तालिवान लडाकूहरूले सत्ता कब्जा गरेपछि गठवन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो । गठवन्धन सेनाले झण्डै २० बर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन । अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सवैभन्दा लामो युद्ध हो ।एएनआई

वि.सं.२०७८ कात्तिक १० बुधवार २०:१० मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...