१
तरङ्गहरू शरीरमा, फैलिँदैछ फेरि !
वर्षात गर चुम्बनको, अँगालोमा बेह्री !
२
प्रिय भन्दै गहिरो श्वास, छोड्यौ हृदयमा
त्यो पल नमेटियोस्, फेरि कुनै समयमा !
३
मेटिएला बरु श्वास, मेरो अन्तिम दिन !
तिर्नुछ अझै कति हो, कति श्वासको ऋण
४
भोली किन साँच्छौ प्यारी ? अहिले झट्ट आऊ
मनको इच्छा पूरा गरी, बरु फर्की जाऊ !
५
सिकाइद्यौ माया गर्न, प्यारी लौन मलाई !
किन तड्पाई राख्छौ, यो दिललाई जलाई ?
६
त्यही याद त छ यौटा, मन प्रफुल्ल पार्ने !
त्यसैले मन फुरुङ्ग, सम्झना किन मार्ने ?
७
आऊ अँगालोभित्र एक्लोपन तड्पाउँछ
निदरीमा तिम्रै नाम, सधैँ बर्बराउँछ !
८
गर्नुहुन्थ्यो है माया फेरि, अँगालोमा कसी
लेखिदिन्थेँ कति टुक्का, पाए कलम मसी
९
कलिका पनि राधे रैछ, कस्ती गोरीगोरी
कता–कता उडाइलगी, मन मेरो चोरी !
१०
तिम्रा लागि अँगालो यो, फैलाइराखेँ मैले
मिल्छ भने आऊ प्यारी, बेह्रिनलाई ऐले !
वि.सं.२०७८ मंसिर ४ शनिवार ०६:५१ मा प्रकाशित






























