back
CTIZAN AD

चीनल पठायोे अफगानिस्तानमा मानवीय सहायता सामग्री

वि.सं.२०७८ मंसिर ६ सोमवार

945 

shares

उरुमकी । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरु लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो । सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ ।

अफगानिस्तानका लागि सो रेलमा करिब एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यी सामग्रीहरुमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरु पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।

चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रुपमा चीनलाई सहयोग सामग्री पठाएको छ । चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि २ हजार ६०० टन यस्ता सामग्री पठाएको जनाएको छ । अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ । सिन्ह्वा

वि.सं.२०७८ मंसिर ६ सोमवार १९:३९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...