back
CTIZAN AD

सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा १ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर ६ सोमवार

768 

shares

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन् । उनले भनेका छन्– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो दुर्घटनाबाट बाच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चलान गर्नुपर्छ ।

विश्व सडक दुर्घटना विरुद्धको दिन २१ नोभेम्बरका दिन दिनुभएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गरेका छन् । उनले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरुलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न महासचिव गुटर्रेसले आग्रह गरेका हुन् । यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उहाँले विश्वका देशहरुलाई आग्रह गरेका हुन् । सिन्ह्वा

वि.सं.२०७८ मंसिर ६ सोमवार १९:४५ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...