वेलायत । किरात सुनुवार महिला समाज युकेको ऐतिहासिक प्रथम अधिबेशन भब्यताको साथ सुसम्पन्न भएको छ ।
श्रीमती गङ्गा माया सुनुवारको सभापतित्व तथा नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष श्रीमती बिमला कुमारी राईको प्रमुख आतिथ्यमा ४ मार्च सन् २०१७ आइतबारको दिन फान्ब्रोरोको कम्युनिटी सभास्थलमा सम्पन्न उक्त अधिबेशनको उद्घाटन अध्यक्ष र प्रमूख अतिथिद्वारा पानसमा दिप प्रज्वलित गरेर गरिएको थियो ।
सन् २०१३ मा प्रतिमा सुनुवारको अध्यक्षतामा स्थापना भएको किसुमस युकेले प्रवासको भूमिमा बिभिन्न अजहस परिस्थिति र बाधा अवरोधहरुसंग जुद्दै, १०७औ अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा यस बर्षको अभियानको नारा ‘परिबर्तनको लागि साहस’ लाई आत्मसात गर्दै सुनुवार नारी सशक्तिकरण र सचेतना हेतु र अन्य बिविध उद्देश्य बोकेको किसुमस युकेको प्रथम ऐतिहासिक अधिबेशन गराउन सफल भएको छ । महिलाहरुको एकता भएमा जस्तो जुकै चुनौती सामना गर्न सक्ने साहस र क्षमताको बिकास हुने कुरा किसुमसले प्रत्यक्ष महसुस गरेको छ यो अधिबेशनको समयसम्म आई पुग्दा । बिना संघर्ष र साहस आफ्नो व्यक्तित्वलाई निखार्दै नेतृत्वमा आफुलाई स्थापित गराउन सम्भव नरहेकोले नारीहरु एकजुट हुनुको अर्को कुनै बिकल्प नरहेको बताउदै स्वागत मन्तब्यको क्रममा आउदै गरेको महिला दिवसको शुभकामना दिनुको साथै नारी दिवसको बिषयमा समेत छोटो चर्चा गर्नु भएको थियो-संस्थाकी संयोजक भावना परिष्कृत सुनुवारले ।
कार्यक्रमको प्रथम चरणमा बिभिन्न अतिथि महिला बक्ताहरुले अधिबेसन सफलता, संस्थाको समुज्वल भबिस्य सहित १०७औ महिला दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो । समाजमा सकारात्मक परिबर्तन र बिकासको निम्ति पुरुष बराबर नारीहरुको हर क्षेत्रमा उपस्थिति हुन जरुरि छ र पुरुषले पनि प्रमुख भूमिका निर्बाह गर्नु पर्ने हुन्छ भन्दै नारी दिवस र अधिबेशनको निम्ति शुभकामना दिनु भएको थियो किरात सुनुवार सेवा समाजका संस्थापक सचिव धर्म बिक्रम सुनुवारले । यसै क्रममा अन्य पुरुष बक्ताहरुले पनि बोल्नु भएको थियो । जसरि पुरुषको उन्नति प्रगतिमा नारीको भूमिका जरुरि हुन्छ उसै गरि पुरुषहरुवाट पनि नारीहरुलाई हौसला र र साथको जरुरि पर्छ । प्रत्येक पुरुषले आफ्नो घर भित्र देखि नारीहरुलाई जायज कुरामा साथ र समर्थन दिने हो र नारीहरुले पनि एकता र आँटले अगाडी बढेको खण्डमा नारी सशक्तिकरण कुनै कठिन बिषय बन्दैन भन्दै किसुमसको उन्नतिको निम्ति आफु सधै सकारात्मक र सहयोगी रहेको कुरा किरात सुनुवार सेवा समाज बेलायतका संस्थापक सदस्य होम किरात सुनुवारले आफ्नो मन्तब्यको क्रममा बोल्नु भएको थियो । महिलाहरुको सहभागिता र सक्रियता बिना समाजको उत्थान अधुरो रहने कुरा माथि अनेक रोचक र घोचक उदाहरण सहित आधा आकास ढाक्ने नारीहरु संग पुरै आकास सिंगार्न सक्ने क्षमता हुन्छ तिनलाई समाजले प्राथमिकताको साथ अवसर र सम्मान दिनुको साथै महिला स्वयमले आफ्नो क्षमतालाई पहिचान गरि अगाडी बढ्न सिक्नु पर्छ भन्दै किसुसेस बेलायतका सल्लाहकार छत्र सुनुवारले बोल्नु भएको थियो ।
महिलाहरुलाई घर भित्रमात्र सिमित पार्नु आजको आत्याधुनिक युगमा अशोभनीय कुरा हो र सिमित रहनु त झनै लज्जास्पद कुरा हो पिछौटे पन हो । समाजको जग दरिलो बनाउने कार्यमा पुरुष बराबरी नारीहरुको सहभागिता हुनु पर्छ र प्रत्येक पुरुषले आफ्नो श्रीमती, छोरी, बुहारी, दिदी बहिनीहरुलाई हर क्षेत्रमा अंकुस नलगाएर उदारता देखाउन सक्नु पर्छ भन्दै किसुसेस बेलायतका बरिष्ठ सल्लाहकार जनक सुनुवारले बोल्नु भएको थियो । मनतब्यकै क्रममा बिशेष अतिथिको आसनबाट नेपाल आदिबासी जनजाति महासंघ बेलायतका बरिष्ठ उपाध्क्ष जंग सुनुवारले युकेमा रहेका सुनुवार महिलाहरु जागरुक हुँदै, किसुमस युकेलाई उचाइमा पुराएको खण्डमा सुनुवार महिलाहरुको चौतर्फी बिकास हुने कुरा पक्का छ । समग्र युकेवासि सुनुवारहरुको साझा छाता संस्था किरात सुनुवार सेवा समाज बेलायतसंग सहकार्य गर्दै अगाडी बढ्ने महिला जागरुकता आउनु समाज हितको निम्ति अत्यन्त खुसीको कुरा हो, स्वागत योग्य कुरा हो भन्दै आफु किरात सुनुवार सेवा समाज युकेको अध्यक्ष हुँदा ताका २२अप्रिल सन् २०१३ मा किसुमस स्थापना गर्नमा मुख्य भूमिका रहेको प्रति स्मरण समेत गराउनु भयो । यसै गरि थप आफ्नो भनाइलाई जोड्दै आज घरदेश देखि परदेशमा छरिएर रहेका नेपालका आदिबासी किरात सुनुवारहरुले, आफ्नो अस्तित्व र पहिचानको खातिर एकता भई भाषा लिपि, धर्म संस्कृतिको जगेर्ना गर्नु प्राथमिकताको बिषय बनेको छ र समग्र आदिबासी जनजातिहरुको हक अधिकारको सवाल राष्ट्रिय मुद्दा बनेको परिपेक्षमा, बिदेशमा रहने सुनुवार महिलाहरुले समेत संगठित भई नारी सशक्तिकरण र सचेतना फैलाउनु अत्यन्त संदार्भिक छ जसले गर्दा स्वदेशमा हुने महिलाहरु समेतलाई प्रबाशवाट उर्जा मिल्ने छ सकारात्मक शन्देश जाने छ । युकेबासी सुनुवार महिलाहरु जसले नारी दिवसको अभियानको बिषय ‘परिबर्तनको लागि साहस’ लाई आत्मासात गर्दै सहीरुपमा साहसिक कदम चल्नु भएको छ तपाइहरु सबै जना बधाइको पात्र हुनुहुन्छ भन्नु भएको थियो ।
मन्तब्य क्रमको अन्तमा प्रमूख अतिथिको आसनवाट नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष बिमला कुमारी राईले उक्त सभालाई सम्बोधन गर्दै, संख्यामा अल्प रहे पनि गुणात्मक रुपमा सुनुवार महिलाहरु सबल सक्षम रहेको देख्दा अत्यन्त खुसी लागेको छ । देशको घर आगनमा त चुला चौकावाट समय निकाली संघसंथा धान्नु महिलाहरुलाई सहज नभएको अवस्था छ भने परदेशमा झनै चुनौतिहरु कम छैनन् । तर पनि हामि नारीहरुले बिभिन्न बिकराल परिस्थितिलाई चिर्दै, घर परिवार, बाहिरि कामकाज र संघ संस्थालाई सन्तुलन मिलाएर धान्न सक्षम छौं भन्ने गतिलो उदारहण किसुमसले दिएको छ । यस किसिमको अभियानले अन्य युकेमा रहेका आदिबासी महिलाहरुको निम्ति समेत सहि संदेश सम्प्रेषण गर्न मद्दत हुने छ।नारी दिवसको अवसर पारेर सम्पन्न भएको अधिबेशनले परिबर्तनको लागि साहस भन्ने नारालाई बास्तबमै सार्थक तुलाएको छ जसको निम्ति नेआजमम युके, जुन संस्था बेलायतमा रहेको सम्पूर्ण आदिबासी महिलाहरुको संस्थालाई नेर्तुत्व गर्ने छाता संस्था हो, उक्त संस्थाको तर्फबाट हार्दिक बधाई, सुभकामना तथा धन्यबाद ज्ञापान गर्दछु भन्दै महिला महासंघको बारेमा समेत सटिक चर्चा गर्नु भएको थियो ।यसै गरि उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महिला महासंघ महासंघकी सचिब सुमीरा सुनुवार, युके पुलिश कन्स्टेबल पुष्पा सुनुवार, नेपालबाट भ्रमणमा आउनु भएकी कुइत्बु कल्याण कोषकी पदाधिकारी सीता सुनुवार, समाजसेवी झपट सुनुवार, तथा किसुसेस युके संस्कृतिक समुहका सदस्य राम कुमार सुनुवार, चित्र सुनुवार, पबित्र सुनुवार, समाजसेवी लक्मी सुनुवार लगायत अन्य अतिथिहरु र जागरुक महिला पुरुषहरुको उपस्थिति रहेको थियो।
शुभकामनाको आदान प्रदान लगत्तै किसुमस बेलायतको प्रस्तबना, उद्देस्य, भावी योजना लगायत अन्य संगठानिक बिभिद बिषयहरु माथि प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएका प्रतिबेदनहरु उपर सर्व सम्मतिबाट तालीको साथमा समर्थन गरिएको थियो ।
संस्था स्थापना गर्नु जस्तो सजिलो, संचालन गर्नु, सक्रिय तुलाउनु त्यति सहज भने पक्कै छैन । बिभिन्न खाले आलोचना र बाधा अड्चनहरु झेल्न सक्नु आफैमा कम साहसको कुरा पनि हैन। नकारात्मक पक्षलाई भन्दा सकारात्मक पक्षलाई ध्यानमा राख्दै, एक अर्कालाई सम्मान र सहयोग गर्दै जाने हो भने महिलाहरुलाई अगाडी बढ्नवाट रोक्नेहरु नै साथ दिने छन् त्यसैले एकता पुर्बक जागरुक हुन सक्नु मुख्य कुरा हो भन्दै सभा बिसर्जन मन्तब्यको क्रममा सभापति गङ्गा माया सुनुवारले बोल्नु भएको थियो।
अधिबेसनको दोस्रो चरणमा मिना देवी सुनुवारको अध्यक्षतामा किसुमस युकेको प्रथम कार्य समितिको चयन गरिएको थियो जसमा निम्न पदाधिकारीहरु चयन भएका छन्:
छन्:
अध्यक्ष – मीना देवी सुनुवार
उपाध्क्ष – सुशिला देवी सुनुवार
उपाध्क्ष – गङ्गा माया सुनुवार
उपाध्क्ष – कौशिला सुनुवार
सचिव – परिष्पा सुनुवार
सह सचिव – सुमीरा सुनुवार
कोषाध्क्ष – सान्दिरा सुनुवार
सह कोषाध्क्ष – चुना सुनुवार
सदस्यहरु-
सबिना सुनुवार
हेमलता सुनुवार
इन्द्र माया सुनुवार
संगीता सुनुवार
नन्दु सुनुवार
गोमा सुनुवार
थीना सुनुवार
सोम माया सुनुवार
यसोधा सुनुवार
हेम कुमारी सुनुवार
मन कुमारी सुनुवार
राधा सुनुवार
बिष्णु सुनुवार रहेका छन।
नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारुहरु तथा सदस्यहरुलाई, प्रमूख अतिथि राई दुवारा गोपनियता र सपथ ग्रहण गराउनुको साथै बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।यसै गरि उपस्थित सबैले नव कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।आफुलाई किसुमस युकेको नेतृत्व बाहकको रुपमा दक्ष र योग्य ठहराई मनोनित गर्नुहुने सबै यु के बासी सुनुवार महिलाहरुलाई नव अध्यक्षले धन्यबाद दिदै, आफ्नो कार्यकालमा पूर्ण इमान्दारिता र लगनसिलता पुर्वक आफ्नो जिम्मेवारीलाई बहन गर्ने छु भन्नु भयो । साथमा सबैको सकारात्मक साथ र सहयोग पाए आफ्नो नेतृत्वलाई चुस्त, दुरस्त र सशक्त बनाउने कुरामा सतप्रतिसत आफुलाई समर्प्रित गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । यसै गरि सचिब परिष्पा सुनुवार, सह सचिव सुमीरा सुनुवार र अन्य पदाधिकारीहरुले पनि आफ्नो प्रतिबद्दता मन्तब्य जाहेर गर्नु बएको थियो ।
किसुमसको प्रथम कार्य समितिमा बेलायतको चारै तिर छरिएर बसोबास गरेका र चार पुस्ताका महिलाहरुलाई समेट्दै कार्य समिति निर्माण गरिएको छ । जसले गर्दा सबै उमेर समूहसंग भएको फरक फरक अनुभव, दृष्टिकोण, उर्जा, सिप, ज्ञान र योग्यताको सदुपयोग गर्दै नारी सशक्तिकरण संगै, सामाजिक सेवा र बिकासमा टेवा दिन सकिने कुरा मुख्य उद्देस्यहरु मध्य एक रहेको संयोजकले बताउनुको भएको थियो । कार्यक्रमको अन्तमा प्रमूख अतिथि लगायत सम्पूर्ण अतिथिहरु, सहभागीहरु, हल तथा चियापान उपलब्ध जंग सुनुवार, जल तथा अन्य पेय पदार्थ होम सुनुवार, प्राबिधिक सहयोगमा धर्म बिक्रम सुनुवार,ब्यानरमा आच्मन सुनुवार, स्वादिष्ठ खानाको निम्ति पबित्र देवी सुनुवार र मिना देवी सुनुवार लगायत अधिबेशन कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउने सबैलाई क्रमश सम्बोधन गर्दै, संयोजक भावना परिष्कृत सुनुवारले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
वि.सं.२०७३ फागुन २५ बुधवार ०७:०१ मा प्रकाशित


























