मार्च १० २०७३ का दिन कतार महिला समाजले १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस आयोजना गरेको छ । महिला समाजद्धारा आयोजित वृहत श्रमिक दिवस कतारको (मनसुरा) ढाका रेष्टुरेण्टमा सम्पन्न गरेको थियो ।
कार्यक्रम सन्चालक विभागका सचिव अम्बिका खत्रीको रहेको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका भरखरै नवनिर्वाचित अध्यक्ष सुस्मिता भूषालको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी माया के.सी र अतिथीहरुमा प्रवासी मन्चका अध्यक्ष रामहरि गैरे, जनप्रगतिशिल कतारका रकमध्वज राई, जनसम्पर्क समिति सह–कोषाध्यक्ष सुरज अधिकारी, एनआरएनए एनसीसी सदस्य सम्झना पुडा सैनी, मानार्थ सदस्य तिलविक्रम थेवे, कतार नेपाली एकता समाजका सदस्य सन्जु सुनदास, पत्रकार महासंघका सचिव नवराज वि.क, अलखोर सन्ध्या ग्रुपका विरेन्द्र याकथुम्बा, निवर्तमान अध्यक्ष रेखा राई, रामेछाप दोहा सम्पर्क समाजका सचिव ललितकुमार तामाङ्ग, चर्चित लोकगायीका देवीका के.सी, को आतिथ्यता रहेको थियो ।
ज्ञातअज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चातकार्यक्रम विधिवत रुपमा अगाडी बढेको थियो । कार्यक्रमलाई महिला विभागका प्रथम उपाध्यक्ष अमिना खानले सम्पूर्ण यस १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सफल पार्नु आउनु भएका उपस्थित महानुभावलाई शब्दले स्वाथत गर्नुभएको थियो । त्यसैगरी अन्तर्राष्ट्रिय महिला दिवस किन मनाईन्छ भन्ने सन्दर्भमा मुिहला समाजका उपाध्यक्ष जानुका बस्नेत (खड्काले) स्पनस्ट पार्नु भएको थियो । त्यसलाई थप स्पष्ट पार्दै भन्नुभयो – नेपाली महिलाले दशकौं देखि आफ्नो स्वतन्त्रता समान्ता र मुक्तिको लागि संगठित रुपमा संघर्ष गर्दै आईरहेका छन् । तर प्रतिकृयावादी राज्य व्यवस्थाले उनीहरुप्रति सधै उपेक्षाको निती अपनाउदै आईरहेको छ र उनीहरु माथि भईरहेको भेदभाव अन्याय अत्यचार शोषण दमन अहिले पनि विद्यमान छ ।
हिलामाथिको हिंसा दिनानुदिन बढिरहेको छ यसका लागि हामी महिलाहरु एकजुट हुनअति जरुरी भएको वहाँले प्रस्ट पार्नुभएको थियो ।
अन्तमा कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष सुष्मिता भूषालले कार्यक्रम सौहद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गर्नुभएको थियो ।
वि.सं.२०७३ फागुन २९ आइतवार ०२:१६ मा प्रकाशित






























