back
CTIZAN AD

पुटिनद्वारा युक्रेनमाथि ’गुमराह’ गरेको अमेरिका र बेलायतको दाबीको खण्डन

वि.सं.२०७८ चैत १७ बिहीवार

810 

shares

मस्को । क्रेमलिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरुले यूक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ ।

पुटिनले फेब्रअरी २४ देखि यूक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत गर्दै पश्चिमी सहयोग प्राप्त यूक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग घनिष्ठ सम्बन्ध भएको आरोप लगाए ।

पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूलाई भने “यसले न त अमेरिकी विदेश मन्त्रालय न अमेरिकी रक्षालय पेन्टागनसँग क्रेमलिनमा के भइरहेको छ भन्ने बारेमा वास्तविक जानकारी छ भन्ने देखिएको छ ।”

उनले थपे, “उनीहरुले राष्ट्रपति पुटिनलाई बुझ्दैनन्, निर्णय लिने मेहेनत बुझ्दैनन् र हाम्रो कामको शैली पनि बुझ्दैनन् ।”

बेलायतको गुप्तचर निकाय ( जीसीएचक्यू) का प्रमुख जेरेमी फ्लेमिङले बिहीबार रुसी सेनाको प्रगति र युक्रेनी प्रतिरोधको अवस्थाबारे ‘पुटिनका सल्लाहकारहरू उनलाई सत्य बताउन डराउने गरेको’ बताएका थिए । ह्वाइट हाउसले यसअघि रूसले गुप्तचर निकायले तहगत सूचनाबारे जानकारी पुटिनलाई तहगत जानकारी नदिएको र उनीहरूसँग पुटिनको सम्बन्ध बिग्रिएको दावी गरेको थियो ।

पुटिनले रूसी सेनाको कारबाहीबाट बहकिएको महसुस गरेको ह्वाइट हाउस संचार निर्देशक केट बेडिङफिल्डले बताएका थिए ।

दाबीहरूबारे स्वतन्त्र रूपमा कुनै पुष्टि गर्न अमेरिकाले नसकेको मस्कोका अधिकारीहरूले बताएका छन् ।

पेस्कोभले त्यस्ता दाबीहरू ‘दुःखको कुरा मात्र होइनन्’ तर यसले चिन्ता उत्पन्न गर्छ, किनभने त्यस्तो पूर्ण बुझाइले गलत निर्णयहरू तर्फ डो¥याउँछ, हतारमा निर्णयहरू गर्दा यसले धेरै खराब परिणामहरू ल्याउनसक्ने पेस्कोभको भनाइ रहेको छ । एएफपी

वि.सं.२०७८ चैत १७ बिहीवार २०:४८ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...