मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले एक कार्यक्रमको आयोजना गरी १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
सोहि अवसरमा मलेसिया भ्रमणमा रहेका कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ’किसान’द्धारा एनसीसीको कार्यालय समेत उद्घाटन गरिएको छ ।
सो कार्यत्रमा प्रमुख अतिथी मन्त्री श्रेष्ठले बिदेशमा रहेर पनि नेपाल र नेपालीको समस्यामा निरन्तर सहयोग गर्दै आएकोमा एनआरएनए मलेसिया तथा संस्थाका पदाधिकारिलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै अगाडी बढन आग्रह गरेका थिए ।
त्यस्तै विशेष अतिथि पुर्व एनसीसी मलेसियाका अध्यक्ष एवं बर्तमान आईसिसि सचिव खगेन्द्र न्यौपानेले एनआरएनए मलेसियाले आगामी दिनमा पनि मलेसियामा कार्यरत नेपालीहरुको समस्यामा दुतावाससँग समन्वय गरेर उद्दार र राहतका कार्यहरु अगाडि बढाउन सुझाव दिएका थिए । उनले यसका लागि आईसिसिबाट पूर्ण सहयोग रहने बताए ।

त्यसैगरी अर्का विशेष अतिथि नेपाली दूतावास मलेसियाका कार्यवाहक राजदूत मोती बहादुर श्रीषले नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्य मध्ये मलेसिया भएकाले मलेसियामा दुईलाख भन्दा माथि श्रम स्वीकृति लिएर काम गर्दै आएको बताए ।
उनले कोरोना महामारीमा राहत प्याकेज वितरणदेखि जेल परेका श्रमिकहरुलाई दूतावाससँग समन्वय गरि स्वदेश फिर्ता लगायतका उदाहरणीय कामहरु गरेको बताउँदै संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाल मे दिवसको शुभकामना दिँदै संघले स्थापनादेखिनै मलेसियामा कार्यरत लाखौंलाख नेपाली श्रमिक मध्यका पीडित, दुःखी, जेल परेका, अङ्गभङ्ग भइ विरामी भएका लगायतका नेपाली श्रमिकहरुलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आईरहेको बताए ।

उनले आगामी दिनमा नेपाली श्रमिकको समस्या समाधान गर्न सहज होस् भन्ने उद्देश्यले नै क्वालालम्पुरमा एनआरएनएको कार्यालय संचालन गरिएको पनि अध्यक्ष थापाले जानकारी दिए ।
कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल, नेपाली राजदूतावास मलेसियाका श्रमसहचारी प्रकाश पन्थी, पब्लिक रिलेसन अफिसर टेक बुढा, एसिया प्याशिफिक सहसंयोजक हरि भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका अध्यक्ष थिापाको सभापतित्वमा संपन्न कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । लामो समयको कोभिड महामारीपछि भएको उक्त कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
संस्थाका महासचिव रन्जित क्षेत्रिले संचालन गरेको उक्त कार्यक्रममा एनसिसि मलेसियाका पदाधिकारीहरु तथा आईसिसि सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
वि.सं.२०७९ वैशाख १९ सोमवार १२:५५ मा प्रकाशित






























