back
CTIZAN AD

सिर्जना आलोकको १६ औ अङ्क लोकार्पण

वि.सं.२०७९ जेठ १० मंगलवार

747 

shares

पोखरा । साहित्य शृङ्खला पोखराले सिर्जना आलोकको १६ औ अङ्क प्रकाशन गरेको छ ।

उक्त कार्यक्रममा साहित्य शृङ्खलाको २३६ औ रचना वाचन गर्नुका साधै जनताका कवि गोकुल जोशीको सम्झनामा उनको जीवनीबारे लेखक भीम रानाभाटले स्पष्ट पारेका थिए ।

उक्त १६ औ सिर्जना आलोकको समीक्षा गर्दै प्रा.यादवराज उपाध्यायले सिर्जना आलोकभित्र केही कमी कमजोरीहरु भएको औल्याउदै,,,,, यिनमा सुधार गर्दै जनस्तरमा चेतना फैलाउने कार्य यसरी नै गरिरहोस भन्ने शुभकामना दिए ।
कार्यक्रममा विष्णु अल्पविराम, मुमताज बराल, लक्ष्मण हिमाली, सावित्री गिरी, नारायण परिश्रमी, ढुण्डिराज ज्ञवाली, कल्याण पन्त, छविलाल आचार्य, माधव खतिवडा, लक्ष्मी प्रसाद पौडेल, गोपाल प्रसाद अधिकारी लीला पण्डित लगायतले रचना वाचन गरेका थिए ।

रक्तिम परिवारका केन्द्रीय अध्यक्ष नारायण शर्माले देशमा राजनीतिक परिवर्तन भए पनि जनताका समस्या जस्ताको त्यस्तै छन् तसर्थ अझै जनता जगाउन आवश्यक रहेकोले प्रगतिशील कला साहित्यमा जोड दिनु आवश्यक रहेको विचार व्यक्त गरे । रक्तिम परिवारका सदस्य उदय रिजालको सुरिलो स्वरमा घन्किएको जनवादी गीतले माहोललाई भावुक बनाएको थियो ।

उक्त कार्यक्रममा संगम सांस्कृतिक मञ्चले पनि सास्कृतिक प्रस्तुति राखेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव काजी गाउलेले गरेका थिए भने संस्थाकी अध्यक्ष लक्ष्मी थापाले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

 

 

वि.सं.२०७९ जेठ १० मंगलवार १६:३८ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...