back
CTIZAN AD

छन्द कविता : बाबा

वि.सं.२०७९ साउन १४ शनिवार

2.3K 

shares

उत्तम विचार,टोखा, काठमाडौं

बुबा नै हुन् दाता जनम शिशुको पालक उनै
दिने खाना नाना मकन ममता पोषक उनै ।
दिने शिक्षा दिक्षा अनुनयविना ज्ञान र कला
बुबा नै हुन् ज्ञाता गुरु चरणमा माथ रहला ।।१।

ग¥यौ तातेताते टुकटुक हिँडेँ बाल वयमा
सुन्यौ तोते बोली ब ब ब ब बुबा रम्य लयमा ।
चढेँ घोडा ठानी हट हट थियो काँध बलियो
भयो वृद्धावस्था दिनदिन गली काँध थलियो ।।२।

घरी पुग्थ्यौ मेला कृषक हलिया बन्नुछ भनी
तिनै बाँझा पाखा समथल गरा खन्नुछ भनी ।
झिकी कन्थो टोपी तरर पसिना पुछ्न कसिने
उनै मेरा बाबा श्रम र सिपमा ढाडस दिने ।।३।

सबै ठान्छन् आमा अतिशय खपी हर्षित हुने
कहाँँ होलान् बाबा सुख सयलमा लिप्त रहने ।
बुबालाई ढोगूँ चरण म परूँ आदर गरी
उनै मानूँ द्यौता कलुष तनका नाशक हरि ।।४।

गरौँ श्रद्धा जागोस् हृदय भरियोस् श्राद्ध नगरौँ
छँदा बाँच्ने आशा थिचमिच गला रुद्ध नगरौँ ।
किनौँ मिल्ने छैनन् खनखन गनी मुल्य जति नै
चिनौँ लागून् बाबा असल निधि हुन् आर्जन तिनै ।।५।

छन्द : शिखरिणी

वि.सं.२०७९ साउन १४ शनिवार ०८:१७ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...