back
CTIZAN AD

इराकी प्रदर्शनकारीद्वारा ७२ घण्टामा दोस्रो पटक संसदमा आक्रमण

वि.सं.२०७९ साउन १५ आइतवार

768 

shares

बगदाद, इराक । शिया नेता मुक्तादा अल–सदरका समर्थकहरूसहित सयौं इराकी प्रदर्शनकारीहरूले शनिबार पनि संसद परिसरमा प्रवेश गरी प्रदर्शन गरेका छन् । प्रदर्शनकारीद्वारा ७२ घण्टा दोस्रो पटक संसदभित्र प्रवेश गरी प्रतिद्वन्द्वी इरान निकट दलहरूले प्रधानमन्त्री पदको मनोनयन गरेपछि विरोधमा दोस्रो पटक बगदादस्थित संसद भवनमा आक्रमण गरेका हुन् ।

अल–सदरका समर्थक तथा अन्य प्रदर्शनकारीहरूले ठूलो सङ्ख्यामा तैनाद सुरक्षाकर्मीको घेरा तोडी संसद परिसरमा पसेका थिए । उनीहरूले इराकी झन्डा र प्लेकार्डसहित संसद परिसरमा नाराबाजी गरेपछि केही संसदभित्र पसेका थिए । यद्यपि, उक्त समयमा संसद भवनमा कुनै विधायक भने थिएनन् ।

हजारौं प्रदर्शनकारीहरू संसद भवनबाहिर भेला भई भित्र पसेका प्रदर्शनकारीलाई सुरक्षा प्रदान गरेका थिए । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि अन्ततः उनीहरू संसद भवनभित्र छिर्न सफल भएका थिए ।

प्रदर्शनकारीहरूको ठूलो भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा रहेको संसद भवनमा प्रवेश गरेको थियो । यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्वपूर्ण भवनहरू छन् । नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो । त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन ।

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो । तर, आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेको छैन । (रासस/एएनआई)

वि.सं.२०७९ साउन १५ आइतवार ०८:०७ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...