back
CTIZAN AD

अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका कृति आव्हान

वि.सं.२०७९ साउन १५ आइतवार

777 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघले यस वर्षको अरनिको अन्तर्राष्ट्रीय पुरस्कारका लागि गैरआवासीय नेपाली लेखकहरुलाई कृति प्रेषित गर्न आव्हान गरेको छ । दुई लाख रुपैंया धनराशीको यो पुरस्कार प्रवासमा रहेका नेपालीभाषी लेखकहरुका वर्षभरि प्रकाशित कृति मध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिन्छ ।

पुरस्कार व्यवस्थापन समितिले जारी गरेको सूचना अनुसार, यस वर्ष विक्रम संवत २०७८ सालमा गैर आवासीय नेपाली लेखकहरुद्वारा प्रकाशित कृति मध्ये उत्कृष्ठ एकलाई पुरस्कृत गरिनेछ ।

पुरस्कारका लागि अगष्ट महिनाको अन्तिमसम्ममा तीनप्रति कृति समितिमा पठाउनु पर्नेछ । प्राप्त कृति र व्यवस्थापन समितिले संकलन गरेका मध्ये उत्कृष्ठ एक कृतिको सेप्टेम्वर महिनामा छनौट गरी पुरस्कार घोषणा गरिनेछ र अक्टुबरमा यो पुरस्कार काठमाडौंमा प्रदान गरिनेछ ।

पुरस्कारका लागि नेपाली बाङ्गमयको जुनसुकै विधामा लेखिएका कृति पनि स्वीकार्य हुनेछ । तर, त्यस्तो कृति नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । लेखकले काठमाडौंको बालुवाटारस्थित एनआरएनएको अन्तर्राष्ट्रिय सचिवालयमा आफ्नो कृति पेश गर्न सक्नेछन् ।

यसैगरी अमेरिका र युरोपमा पनि कृति संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाली भाषा,साहित्य, संस्कृति र सम्पदाको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना र प्रवर्द्धन गर्ने र प्रवासमा रहेका नेपाली लेखकहरुलाई प्रोत्साहन र सम्मान प्रदान गर्ने उद्देश्यले एनआरएनएले यो पुरस्कार प्रदान गर्ने गरेको जारी सूचनामा उल्लेख छ। गत वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक लेखक एवं समालोचक हरि अधिकारीको ’हरि अधिकारीका संकलित गध रचना’लाई प्रदान गरिएको थियो।

प्रथम गैरआवासीय नेपाली संस्कृति एब सम्पदाविद अरनिकोको सम्मानमा गैरआवासिय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको पहलमा सन २०२१ मा यस पुरस्कारको स्थापना गरिएको समितिका संयोजक हिक्मत थापाले जानकारी दिएका छन् ।

No description available.

वि.सं.२०७९ साउन १५ आइतवार १२:३१ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....