back
CTIZAN AD

जम्मा ३७ हजार वार्षिक भाडा तिर्नेगरी लिएको थियो नर्भिकले १ रोपनी बढी जग्गा !

वि.सं.२०७९ साउन २४ मंगलवार

897 

shares

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १ पैसासरकारी जग्गा जम्मा ३७ हजार वार्षिक भाडा तिर्नेगरी भाडामा लिएको पाइएको छ ।

नर्भिक अस्पतालले सरकारी सम्झौता विपरीत भौतिक संरचना बनाएको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा उक्त संरचना भत्काउन निर्देशन दिँदै अन्यथा कारबाही गरिने चेतावनीसहितको पत्र पठाएपछि अस्पतालका थप कुराहरु खुल्दै गएका हुन् ।

२४ घण्टामा संरचना भत्काउन मेयर बालेनको अल्टिमेटम

मंगलबार अस्पताल परिसरमा पुगेका मेयर बालेन्द्र साहले २४ घण्टाभित्रमा संरचना हटाउन निर्देशन दिएका छन् । उनले अस्पतालले १०–१५ दिनको समय मागेको र अक्सिजन प्लान्ट झिक्दा बिरामीलाई असर पर्छ भन्दै अस्पतालले समय मागेको बताएका छन् ।
मेयर बालेनले जग्गा भाडामा लिने सम्झौता भएपनि सम्झौता विपरित गएर संरचना बनाउनु गैरकानुनी भएको बताएका छन् ।

No description available.
नर्भिककाे अनुगमनमा गएका मेयर बालेन्द्र शाह र महानगरका सहरी विकास व्यवस्थापन विभागका प्रमुख सुरज शाक्य ।

जम्मा ३७ हजार वार्षिक भाडा

सहरी विकास व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार नर्भिक अस्पतालको व्यवस्थापन समितिले उक्त १ रोपनी ८ आना १ पैसा जग्गा वार्षिक जम्मा ३७ हजार भाडा तिर्नेगरी सरकारसँग सम्झौता गरेको थियो । अस्पतालले २०६५ सालमा भूमि सुधार अधिकारी हुमप्रसाद अधिकारीको सहयोगमा उक्त जग्गा २०८५ सालसम्मका लागि भाडामा लिएर संरचना बनाउने सहमति गरेको शाक्यले जानकारी दिएका छन् ।

मंगलबार मेयर बालेन्द्र साहसँगै अस्पताल परिसरमा पुगेका शाक्यले भने –‘३७ हजारमा थापाथली जस्तो सेन्टरमा १ रोपनी ८ आना १ पैसा एक दाम जग्गा दिनु त्यो पनि सेटिङअन्तर्गत नै गरेको देखिन्छ ।’

शाक्यले यस विषयलाई लिएर आफु पटक–पटक भूमिसुधार मन्त्री शशी श्रेष्ठलगायत सम्बन्धीत निकायमा ताकेता गर्न पुगेको बताए । उनले ‘ठूलालाई चयन र सानालाई ऐन’ भनेजस्तो राज्यका ठूला पदमा बस्ने व्यक्तिहरु नै पहुँचका आधारमा हजारौ रोपनी अनाधिकृतरुपले जग्गा हड्पेको बताए ।

शाक्यले सरकारी जग्गा भोगचलन गर्न दिने अधिकारी मन्त्रिपरिषद्को बैठकलाई मात्र रहेकोमा त्यसलाई गलहत्याएर भूमिसुधार अधिकारीले सेटिङका आधारमा गरेको सम्झौता गलत रहेको बताए ।

‘सम्झौतामा पार्किङको लागि दिइने भनेर स्पष्ट लिखित रुपमा रहेको छ । यहाँ एमआरआई बिल्डङ, अक्सिजन प्लान्ट राख्ने ठाउँ, क्यान्टिनलगायतका संरचना बनाइएको छ । यसरी कानुनको नजरमा छारो हालेको देखिन्छ । मन्त्रीले नै निर्णय गरेको रहेछ । सायद आर्थिक लेनदेनकै कारणले हुनुपर्छ ।’

उनले अस्पतालका प्रमुख विनोद चौधरीले सेटिङका आधारमा यतिधेरै संरचना बनाएर कानुनको उपहास गरेको आरोपसमेत शाक्यले लगाए । उनले उक्त क्षेत्रको भ्यालुसन अनुसार मासिक १० लाख भाडा हुनुपर्नेमा बार्षिक ३७ हजार भाडा तिर्नेगरी अवैद्य सम्झौता भएको बताए ।

के भन्छ अस्पताल प्रशासन ?

सोमबार २४ घण्टे अल्टिमेटमसहित काठमाडौं महानगरले नर्भिकले सरकारी सम्झौता विपरीत बनाएका संरचना भत्काउन पत्र काटेपछि मंगलबार पत्रकार सम्मेलन गर्दै सम्झौता गरेर जग्गा लिएकोले संरचना भत्काउन नसक्ने जवाफ दिएको हो ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले सोमबार बिहान पत्रकार सम्मेलन गरेर आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गर्दै मेयर बालेन्द्र साहलाई लिखित रुपमा पत्र पठाएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘हामीले त्यो जग्गा हाम्रो भनेका पनि छैनौं । आजकोे आजै भत्काउनु भनेर कसरी हुन्छ ? मेरो अस्पतालमा अहिले भर्ना भएका बिरामीको के हाल हुन्छ ?’ मिश्रले पत्रकार सम्मेलनमा भने, ‘हाललाई भत्काउन सकिँदैन भनेर मैले मेयरलाई प्रष्ट भनेको छु । उहाँको जवाफ अहिलेसम्म आएको छैन् ।’

अस्पतालले वार्षिक ३७ हजार भाडा तिर्ने गरी सम्झौता भएको स्वीकार गर्दै वार्षिक १० प्रतिशत भाडा बढाउँदै लैजाने सहमति भएको पनि बताएको छ । मीश्रले उक्त जग्गा ३० वर्ष अघि तत्कालीन सरकारको तर्फबाट भूमि सुधारका अधिकारीले हस्ताक्षर गरेकोसमेत दाबी गरेका छन् ।

महानगर प्रमुख बालेनको २४ घण्टे आदेशलाई नर्भिक अस्पतालले दियो यस्तो जवाफ

नर्भिक अस्पताललाई बालेनको २४ घण्टे कडा आदेश

वि.सं.२०७९ साउन २४ मंगलवार १६:२५ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...