Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

टुक्का कविता



वसन्त अनुभव, घोराही उपमनपा १४, दाङ


संसारनै स्वार्थी छ हेर, तिम्रो मात्र के कुरा,
मुखमा राम ! राम ! भन्दछ बगलीमा छुरा ।


दयामाया भेटिदैन, न भेटिन्छ मानवता,
नर रूपी दानवको ज्यादती छ जतातता ।


न्याय केवल अन्धो छैन, भएको छ बहिरो,
सुन्दैन चीत्कार आर्तको निद्रामा छ गहिरो ।


खाएको विष लाग्दछ भन्थे नखाएकै लाग्यो,
सत्य रहेछ कायर सुइँकुच्चा ठोकी भाग्यो ।


जति रोक्न खोज्यो अपराध उति नै बढ्दछ,
दोषी खुला साँढझैँ छ निर्दोष सुली चढ्दछ ।


-->

घोराही (दाङ)। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।