back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ असोज १ शनिवार

756 

shares

वसन्त अनुभव, घोराही उपमनपा १४, दाङ


संसारनै स्वार्थी छ हेर, तिम्रो मात्र के कुरा,
मुखमा राम ! राम ! भन्दछ बगलीमा छुरा ।


दयामाया भेटिदैन, न भेटिन्छ मानवता,
नर रूपी दानवको ज्यादती छ जतातता ।


न्याय केवल अन्धो छैन, भएको छ बहिरो,
सुन्दैन चीत्कार आर्तको निद्रामा छ गहिरो ।


खाएको विष लाग्दछ भन्थे नखाएकै लाग्यो,
सत्य रहेछ कायर सुइँकुच्चा ठोकी भाग्यो ।


जति रोक्न खोज्यो अपराध उति नै बढ्दछ,
दोषी खुला साँढझैँ छ निर्दोष सुली चढ्दछ ।

वि.सं.२०७९ असोज १ शनिवार ०८:२४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...