back
CTIZAN AD

कविता : ठुल्दाइ छनक

वि.सं.२०७९ फागुन ६ शनिवार

810 

shares

ओम आचार्य, अर्घाखाँची

तिनीहरू एक्कासी आए
मलाई मन परेन
मैले हेरिरहेको हुन्छु
तैपनि कहिलेकाँही झुक्काइहाल्छन्
आफ्नो चरनमा
अरुका बस्तुभाउ पसेको को मन पराउँछ र ?

कसैको सन्धिसर्पनमा
अनुमति बिनै छिरेर
बारीभरिको चास खाइदिएको हेरेर को बस्न सक्छ ?
असम्भव÷असह्य
धपाउनै पर्छ जसरी पनि ।

सतर्कता साथ
बनेको छ नयाँ योजना
टसमस नगरी अगाडि बढ्ने हो
तारबारको स्थायी व्यवस्था हुँदैछ
गोप्य रूपमा सबैको आङमा घाम लाग्ने गरी ।

हतार हतारमा
चोटाकोठा चहार्न पर्यो
अलिक हप्काइ दप्काइ
अलिक ललाइ फकाइ
लावण्य देशमा नवराज खोज्ने काम फत्ते भएको छ
अमूक साइतमा राज तिलक दिने हो ।

उत्तरतिर कसैले भनेका थिए रे
‘बिरालोको काम मुसा मार्ने हो’
रङ्ग कालो भए पनि सेतो भए पनि फरक पर्दैन
यो नयाँ जमाना हो
ब्यापार नगरी को बस्न सक्छ र ?

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...