back
CTIZAN AD

चितवन समाज जापानको दोश्रो अधिबेशन अगष्ट १२ मा हुने

वि.सं.२०७३ चैत २८ सोमवार

1.1K 

shares

chitwan-samajचितवन समाज जापानले आफ्नो दोस्रो अधिवेशन आउँदो अगष्ट १२ मा गर्ने भएको छ |
समाजको मार्च ३० मा समितिका सदस्य बिच सम्पन्न अनलाइन मिटिङग् मार्फत यस्तो निर्णय गरिएको समाजका महासचिब छबिलाल सापकोटाले जानकारी दिनुभयो |
समाजले अधिवेशन सफलतापुर्बक सम्पन्न गर्नको लागि विभिन्न समिति समेत गठन गरिएको बताएको छ | अनलाइन मिटिङले अधिवेशनअघि क्षेत्रीय समिति गठन गर्नुपर्ने तथा गठन भइसकेका क्षेत्रमा क्षेत्रीय अधिबेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ | जसको लागि समाजका केन्द्रिय सदस्य दिपक गौतम ओशाका, समाजका केंद्रीय सचिब संदेश पोख्रेल नागोया, समाजका सल्लाहकार अर्जुन अधिकारी टोकियो क्षेत्र, समाजका उपाध्यक्ष्य राजन श्रेष्ठ इवाकी र समाजका सल्लाहकार टङ्क गैरेलाइ फ़ुकुओका क्षेत्रका इन्चार्ज रहने समितिले जनाएको छ ।

त्यस्तै गतवर्ष सम्पन्न कार्यक्रम चितवन धमाका २०१६ को प्रायोजकबाट रकम उठ्न बांकि रहेको भन्दै सो रकम संकलन तथा संयोजनको निम्ति समाजका अध्यक्ष्य कंडेल, कोषाध्यक्ष हरिचन्द्र पौडेल, उपाध्यक्ष्य श्रेष्ठले आवश्यक प्रक्रिया अगाडि बढाउने गरि समिति गठन भएको समाजकी प्रवक्ता मनिषा बास्तोलाले बताउनुभयो |

समाजले उक्त कार्यक्रमबाट संकलित रकम चितवनको स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रको बिकासमा लगानी गरेको छ। जसमा हालै पछिल्लो पटक भरतपुरस्थित भरतपुर सरकारी अस्पताललाई ने.रु. ८ लाख हस्तान्तरण गरेको थियो। त्यस्तै, टिकौलीस्थित निर्माणाधिन रास्ट्रियस्तरको चित्रवन रंगशालाको निम्ति ने. रु. २ लाख र सिद्दि गाबिसस्थित राष्ट्रिय प्राथमिक विधालयलाई ने. रु. ५ लाख सहयोग रकम हस्तान्तरण गरिसकेको समाजका कोषाध्यक्ष हरिचन्द्र पौडेलले जानकारी दिनुभयो।

समाजको यस्ता सामाजिक उद्देश्य तथा समाज उत्थानको निम्ति आयोजित सो कार्यक्रमको लागी बोलीएको रक़म वर्ष बित्न लाग्दा समेत बोलवालाबाट प्राप्त नहुनु लाज मर्दो भएको भन्दै सो प्रति समाजको ध्यानाकर्षण भएको समाजका उपाध्यक्ष राजन श्रेस्ठले बताउनुभयो।

साथै, सो भेलामा सम्पूर्ण चितवनका जापानबासी नेपाली एवं चितवनलाइ माया गर्नुहुने सम्पूर्णमा सहभागिताको लागी समाजले आग्रह गरेको छ |

वि.सं.२०७३ चैत २८ सोमवार ०४:५० मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...