Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

चितवन समाज साउथ अष्ट्रेलियाको तदर्थ समिति गठन



अष्ट्रेलिया । चितवन जिल्ला स्थायी घर भई हाल साउथ अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरुको प्रथम भेलाबाट ‘चितवन समाज साउथ अष्ट्रेलिया’ को तदर्थ समिति गठन भएको छ ।

शुक्रबार नबिन कंडेलको सभापतित्वमा सम्पन्न भेलाबाट खगेन्द्र सापकोटाको नेतृत्वमा १३ सदस्यीय तदर्थ कमिटी चयन भएको हो । जसमा उत्तम अधिकारी, कृष्ण भट्टराई, अनुपचन्द्र सुवेदी, दीपक पौडेल, अच्युत धमला, कौशल उप्रेती, रोशन कंडेल, सुदर्शन उप्रेती, विष्णु चापागाइ, कुसुम थपलिया, अनिता पौडेल र काजल गैरे सदस्य रहेका छन् ।

उक्त समितिले आगामी ६ महिनाभित्र अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति बनाउने छ भने सोेही समयावधी भित्र सस्थालाई साउथ अष्ट्रेलियामा आधिकारीक रुपमा सामाजिक संस्थाको रुपमा दर्ता गर्ने जिम्मेवारी पनि पाएको छ ।
एडिलेडनिवासी चितवन पृष्ठभुमि भएका नेपालीलाई एकितृत गरी सामाजिक कार्यहरुमा योगदान पुर्याउने उद्धेश्यले सँस्थाको गठन गरिएको बताइएको छ ।

समिति गठन कार्यमा नबिन कडेल, प्रेम पाठक र आशिष वाग्लेले सहजीकरण गरेका थिए भने कृष्ण भट्टराईको सन्चालन रहेको उक्त कार्यक्रममा उत्तम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको