back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ चैत १८ शनिवार

957 

shares

तोयानाथ सुवेदी, काठमाडौँ

लाग्यो वसन्त
आँधी हुरी डाकेर
छर्छ आतङ्क
(१)

कतै सुनामी
फैलाउछ हावाले
गर्छ बेमानी
(२)

धुलो समाई
क्षितिजको मार्गमा
लान्छ उडाई
(३)

आँखा हेर्दछ
धुलो टिप्दै आँखाको
नानी घेर्दछ
(४)

आँधी चलेर
कतै बाटो छेक्दछ
रुख ढलेर
(५)

सारै गम्कन्छ
मै हुँ भन्दै हुङ्कार
छोड्दै लम्कन्छ
(६)

गर्मी पार्दछ
तातो हावा फालेर
प्राण हर्दछ
(७)

कुर्सी खेलमा
राजनीति चल्दै छ
जालझेलमा
(८)

कस्तो अपार
राजनीति शक्तिले
गर्याे व्यापार
(९)

छैन निकास
भ्रष्टाचारी बढेर
हुन्न विकास
(१०)

वि.सं.२०७९ चैत १८ शनिवार ०८:१५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...