गंगा दाहाल, ललितपुर
१
रुष्ट बादल झर्दैनथ्यो होलानी
प्रकृति र मानव शैली फरक हुदो हो
दुःखद क्षण सर्दैनथ्यो होलानी
२
प्रेम भन्दै खर्चिन्छन् पल सबै
त्यो सुनौलो बिहानी कल्पनामा
नबुझी कलुसित छल सबै
३
यता मुखले राम भन्छौं
छेपारोले जस्तो फेरेर रङ्ग र बोली
अर्को मुखले दाम भन्छौं
४
आकाशलाई खुलाउँने जून
बदलामा चाहिन्न केहि कति सौम्यछ
आँखालाई भुलाउँने जून
५
झिरमा उनिएको जस्तो लाग्छ
दुनियाँले पत्याएको मान्छे भएर के गर्नु
लोकप्रियता कति सस्तो लाग्छ ।
वि.सं.२०७९ चैत २५ शनिवार ०९:१३ मा प्रकाशित






























