back
CTIZAN AD

गजल

वि.सं.२०८० असार १६ शनिवार

1.2K 

shares

विद्या अनामिका तिवारी
ठिमी –राधेराधे भक्तपुर

के को घमण्ड गर्छौ झर्नै छ एकपल्ट
बाँच्दैन जीव कोही मर्नै छ एकपल्ट

पाखा गरा गरामा जीवन्त हुन्छ मान्छे
खोला सयौँ हजारौ तर्नै छ एकपल्ट

छ्न् एक शुत्र पन्छी जातीय भेद छैन
बानी मनुष्यमा त्यो सर्नै छ एकपल्ट

बन्छन् कठै ! अचानो सोझा सिधा अनाथ
इन्साफको जगेर्ना गर्नै छ एकपल्ट

ती माहुरी हराए रित्तिन्छ वाग फेरि
सौन्दर्य कोपिलामा भर्नै छ एकपल्ट

बहर – मुजारे मुसम्मन अखरब
अर्कान – २२१ २१२२ २२१ २१२२

 

 

वि.सं.२०८० असार १६ शनिवार ०८:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...