back
CTIZAN AD

लघुकथा : मालामाल

वि.सं.२०८० असार १६ शनिवार

1K 

shares

सुनिता निरौला पौडेल
भक्तपुर – राधे, राधे निकोशेरा

‘नेपाल बसेर के गर्नु ? पढाइ भएर पनि राम्रो काम पाइन्न । म त जान्छु होला बिदेशतिर ।’ दिक्क मान्दै साथीलाई भन्यो उसले ।

‘आ…, के कुरा गर्छौ साथी, यहीँ नेपालमा बसेर राजनीति गर न । कस्तो मालामाल छ राजनीतिमा ! तिमी किन बिदेश जाने सोचाइमा छौ ?’ उसले चकित पार्दै साथीलाई भन्यो । तर उसले भने बिदेश जाने निर्णय गर्यो ।

अलिक दिनपछि राम बिदेश गयो । यता श्याम भने राजनीतितिर लाग्यो । हेर्दाहेर्दै मन्त्री पनि भयो , अकुत पैसा कमायो उसले । केही महिनापछि फोनबाट उनीहरुको कुराकानी भयो ।

‘अरे राम, नेपाल आउन यार ! म तिमीलाई मन्त्री बनाईदिन्छु, मालामाल छ राजनीति गर्न जान्यो भने ।’

‘ओहो ! हो र भन्या ? त्यसो भए त म तुरुन्तै नेपालमै आउँछु । यहाँ घडीको सुईको भरमा काम गर्नुपर्छ। त्यहाँ बरु गफ लडाएरै पनि पैसा कमाइन्छ भने आइहालेँ म नेपाल ।’

दुबैजना साथी राजनीतिमा पसेर मन्त्री भएपछि उनीहरुलाई चिठ्ठा परे जस्तो भयो । आफ्नो –आफ्नो काममा व्यस्त भए उनीहरू। एकदिन उनीहरुको भेटघाट भयो ।

‘हो रहेछ श्याम, आज तिमीले गर्दा म करोडौं धन कमाएँ । धन्य राजनीति र मन्त्री पद । तर…’

‘के तर, स्पष्ट भन न राम ।’

गम्भीर हुँदै रामले जवाफ दिए, ‘के यो धन सजिलै पचाउन सकिएला त श्याम ?’

वि.सं.२०८० असार १६ शनिवार ०८:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...