back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० भदौ ३० शनिवार

1.7K 

shares

गणेश खतिवडा,गल्छी, धादिङ

१.
भएको छु निकै अलपत्र आउनु पर्दैन
मेरो हारकै चर्चा छ सर्बत्र आउनु पर्दैन
गन्तव्य बिर्सिएको छैन बस् बाटो भुलेको हुँ
बाटो देखाउन सके आउ नत्र आउनु पर्दैन


भोलि अप्ठ्यारोमा परिन्छ सोच्न सकेनन्
अनेक तरहका चोट दिन्छ सोच्न सकेनन्
आफ्नो धरातल बिर्सेर चम्किरहेकाहरुले
टुप्पोबाट पलाउदा भाँचिन्छ सोच्न सकेनन्

३.
तिमिले सोचेको जस्तो जीवन छैन बुझ्न सकिनौ
आवेशको निर्णयले जिन्दगी चल्दैन बुझ्न सकिनौ
मेरो निस्वार्थ माया तिमिलाइ झुटो लागे पनी
प्रिया, यी आँखाको आँसु झुटो हैन बुझ्न सकिनौ

४.
आँखा चिम्लेर जङ्घार तर्न सक्छु यति बुझि राख
तिम्रो जिन्दगी खुसीले भर्न सक्छु यति बुझि राख
तिमी ,मेरो लागि रुन सक्छु भन्छ्यौ भने देखि
प्रिय् म तिम्रो लागि मर्न सक्छु यति बुझि राख

५.
दिमागमा अनेक तरङ्ग आउँछ रात परे पछी
मन छट्टपटिन्छ होस हराउँछ रात परे पछी
दिनभर त देखावटी रुपमा खिस्स हाँसे पनि
भबिस्यकै चिन्ताले सताउँछ रात परे पछि

वि.सं.२०८० भदौ ३० शनिवार ०७:३७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...